निजी डेरीहरूले आइतबारदेखि लागू हुनेगरी दुग्ध पदार्थको उपभोक्ता मूल्य बढाएका छन् । बिहीबार देशभरका निजी डेरीहरूको संस्थाले दूधको मूल्य लिटरमै १४ रुपैयाँ र घिउमा २०० रुपैयाँ बढाएका हुन् ।
यो सँगै पनिरको पनि किलोमै १४० रुपैयाँले मूल्य वृद्धि भएको छ । दहीको पनि प्रति मूल्य लिटरमै २५ रुपैयाँले बढेको छ ।
सरकारले किसानले पाउने दूधको मूल्य लिटरमा ९ रुपैयाँले वृद्धि गरेको एक सातापछि निजी डेरीहरुले दुग्धजन्य पदार्थको मूल्य बढाएका हुन् । तर मूल्य बढाउँदा कुनै मापदण्ड भने तय गरिएको छैन । नयाँ मूल्यवृद्धि पछि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर १०० रुपैयाँ पुगेको छ ।
दहीको मूल्य एक लिटको १९० रुपैयाँ पुगेको छ भने पनिरको मूल्य प्रति ८४० रुपैयाँ र घिउको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ कायम भएको छ । डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले दूधको मूल्य बढेर आएकोले आफूहरूले पनि बढाउनु परेको बताए ।














