काठमाडौं- नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ ।
लगानीकर्ताहरुले बैंकको निक्षेप झिकेर सुनमा लगानी बढाउन थालेपछि अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको हो । सुन तीन दिनमा ३ हजार ९ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य एक लाख ५ हजार ७ सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुन एक लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्य एक लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ । सोही सुन हिजो एक लाख ३ हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ । चाँदी हिजो एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।













