बझाङ- बझाङमा एक जना युवक मृत फेला परेका छन्। जिल्लाको सुर्मागाउँपालिका–२ पटुरीका १८ वर्षीय किसन बोहरा मृत फेला परेका हुन्।
उनी वडा नम्बर २ पानीपारा खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
मंगलबार दिउँसो सोही गाउँपालिका–१ दौलिचौरतर्फ घुम्न जान्छु भनि गएको र रातीसम्म घर नआएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।













