धनगढी– सुनको भाउ आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज एकै दिन तोलाको २ हजार ९ सय रुपैयाँले सुनको भाउ एक लाख १० हजार रुपैयाँमा पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा बढ्दो अस्थिरता र बेरोजगारीलगायतका कारणले सुनको मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।महासंघका अनुुसार सुनको भाउ अझै बढ्न सक्ने सङ्केत देखिएको छ।
यसअघि गएको माघ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ७ हजार ५ रुपैयाँ पुगेको थियो। त्यसयता भने केही घटेको भाउ फेरि लगातार बढिरहेको छ।
त्यस्तै आज चाँदीको भाउ पनि आइतबार तोलामा ३५ रुपैयाँ बढ्दै एक हजार ३४५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।














