धनगढी- सुदूरपश्चिमका पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमवार चार सय ३८ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा तीन जना कैलाली, एक जना कञ्चनपुर र एक जना बैतडी जिल्लाका रहेको जनाएको छ। पछिल्लो समय सुदुरपश्चिममा दैनिक जसो कोरोना संक्रमण बढ्न थालेको छ।














