• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

प्रधानमन्त्री देउवाले गरे गौतमबुद्ध विमानस्थल उद्घाटन

  •   सोमबार, जेठ ०२, २०७९ मा प्रकाशित

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका छन्। देउवाले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका क्रममा नेपालको उड्डयन क्षेत्र र आर्थिक क्षेत्रमा सकरात्मक प्रभाव पार्ने बताएका छन्।

हाल एउटा मात्रै विमान कम्पनीलाई प्रधानमन्त्री देउवाले विदेशी वायुसेवा कम्पनीलाई गौतमबुद्ध विमानस्थलमा नियमित उडान गर्न आह्वान गरेका छन्। उनले विमानस्थल निर्माणका लागि सहयोग गर्ने दातृ निकाय एडीबीलगायतलाई धन्यवाद दिएका छन्।

गौतमबुद्ध विमानस्थलमा पहिलोपटक जजिरा एयरवेजले अन्तर्राष्ट्रिय उडान गरेको छ। जजिराले भैरहवा–कुवेत हप्ताको ३ उडान गर्ने भएको छ। जजिरा सोमबार बिहान ७ः१० मा भैरहवामा अवतरण गरेको हो। यसअघि आजै बिहान ६ः५५ मा नेपाल एयरलाइन्स को एयरबस ३२० जहाज अवतरण गरेको थियो।

भारतले भैरहवाका लागि सिधा हवाई मार्ग नदिँदा काठमाडौंकै लागि प्रयोग भइरहेको मार्गबाट जहाज विमानस्थल पुगेको छ। सिमरा नजिकैबाट जहाज भैरहवा पुग्दा धेरै घुम्नुपरेको छ। ‘गौतमबुद्ध विमानस्थलमा सहज हवाई प्रवेशका लागि भारतसँग छलफल चलिरहेको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘लुम्बिनीका पर्यटकीय पूर्वधार विकास गर्न यसले प्रोत्साहन गर्छ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विमानस्थल सञ्चालनले नेपालको पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले त्रिभुवन विमानस्थलसँगै भैरहवा विमानस्थल २४सै घण्टा चल्ने वातावरण बनाएको बताए। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपालको भूमिमा ७४ वर्षपछि सञ्चालन गरिएको बताए।

‘नेपालको एउटा मात्रै विमानस्थल छ भन्ने हीनताबोध आजका दिनदेखि सकिएको छ,’ महानिर्देशक अधिकारीले भने, ‘काठमाडौंमा अवतरण गर्न नसक्दा भारत, बंगलादेश जानुपर्ने बाध्यता छ।’

भैरहवा विमानस्थल निर्माणले नेपालको क्षमतामा विश्वास दिलाएको उनले बताए। नेपालको नागरिक उड्डयन क्षेत्रमा नेपालका लागि ऐतिहासिक फड्को भएको अधिकारीको भनाइ छ। अबको २० वर्षमा हवाई यात्रुको संख्या ३ करोड पुग्ने बताउँदै काठमाडौं, भैरहवा र पोखरा विमानस्थलले धान्न नसक्ने दाबी गरे।

‘निजगढ विमानस्थलको विकल्प निजगढ नै हो,’ उनले भने, ‘अबको १० वर्षमा निजगढमा विमानस्थल बनिसक्नुपर्छ नभए अहिलेका विमानस्थलले अन्तर्राष्ट्रिय यात्रु थेग्न सक्दैन।’ अधिकारीले नेपालको हवाई क्षेत्र विश्वको औसतभन्दा माथि रहेको बताए। हालै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको अडिटमा आकाश सुरक्षित रहेको बताए।

सन् २०१४ मा सुरु भएको ३ हजार मिटर लम्बाइको धावन मार्ग निर्माण भएको थियो। २०१७ मा सकिनु पर्ने आयोजना सकिएको छ। आयोजनाको कूल लागत १० अर्ब रुपैयाँ छ। २०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थलको उद्घाटन गरेका थिए।

  • विमानस्थल उद्घाटन
सोमबार, जेठ ०२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.