धनगढी – नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्रीलाई बनाउने निर्णय गरेको छ । सांसद गंगाराम चौधरीका अनुसार पार्टीले पाएको एक मन्त्रालयमा अध्यक्ष श्रेष्ठलाई नै पठाउने निर्णय भएको हो ।
नाउपाको भागमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार तयारी गरेका छन् ।
प्रतिनिधि सभामा नागरिक उन्मुक्तिबाट चारजना सांसद रहेका छन् ।













