काठमाडौं- नवनियुक्त उपप्रधान एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्री र गृह सचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन् ।
शुक्रवार गृह मन्त्रीको रूपमा पदबहाली गर्दै मन्त्री श्रेष्ठले पहिलो निर्णयको रूपमा गृह मन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका हुन् । उनले उक्त निर्णय पारित गर्नका लागि मन्त्रिपरिषदमा लैजाने बताए ।
त्यसैगरी उनले मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्नका लागि सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने फाइलमा पनि हस्ताक्षर गरेका छन् । यो फाइल पनि निर्णयका लागि मन्त्रिपरिषदमा पेस गर्ने जानकारी दिए।
मन्त्री श्रेष्ठले मातहतका कर्मचारीहरूलाई पनि समयको पालना गर्न निर्देशन दिएका छन् ।













