काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले सत्ता ढल्ने डरले सरकारले कालापानी, लिपुलेकबारे बोल्न नसकेको बताएका छन् ।
उनले ‘मिसन’ महाकाली अभियान कहिले सञ्चालन हुन्छ भन्दै प्रश्न गरे। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले एमाले मिसन ग्रास रुट अभियानतर्फ संकेत गर्दै यस्तो बताएका हुन्।
‘‘ठूला पार्टीहरूले मिसन एभरेष्ट, मिसन ग्रासरुष्ट अभियान अगाडि बढाइरहेका छन्। सभामुखज्यू मिसन महाकाली अभियान कहिले सञ्चालन गर्ने ? महाकाली, कालापानी, लिपुलेकको बारेमा कसैले पनि एक शब्द उठाउन सकिरहेको छैन। सत्ता जान्छ भन्ने डरले केही बोल्न नसकेको हो कि,’ उनले भने।















