• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज ०५, २०८३
☰
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ७. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ८. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत

  •   आइतबार, चैत १९, २०७९ मा प्रकाशित

काठमाडौं- कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले विश्वव्यापी सद्भावना दूत नियुक्त गरेको छ ।

वि विल राइज फाउण्डेशनद्वारा शनिबार आयोजित एक समारोहबीच ‘ग्रान सासो एण्ड मोन्टी देल्ला लागा नेशनल पार्क’ का अध्यक्ष तमासो नभारोले आरोही शेर्पालाई सो सम्बन्धी पत्र हस्तान्तरण गरेका हुन् । शेर्पा फाउण्डेशनका समेत सदभावना दूत तथा सदस्य हुन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, के.पी. शर्मा ओली पत्नी राधिका शाक्य तथा बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामालगायतको उपस्थितिमा शेर्पालाई पत्र हस्तान्तरण गरिएको हो । दोलखास्थित रोल्वालिङ गाउँमा जन्मेका शेर्पाको आरोहण क्षेत्रमा उपलब्धि, योगदान र हिमालप्रतिको मायाको उच्च सम्मान स्वरूप उनलाई सद्भावना दूत नियुक्त गरिएको हो ।

‘युरोपको ६०–७० प्रतिशत जैविक विविधताको खानीका रूपमा प्रसिद्ध ग्रान सासो एण्ड मोन्टी देल्ला नेशनल पार्क दुई हजार चौध वर्गमिटरमा फैलिएको छ । यो युरोपका सबैभन्दा ठूला राष्ट्रिय निकुञ्जमध्येको एक हो, जहाँ इटालीको सबैभन्दा अग्लो हिमाल ग्रान सासो अवस्थित छ । फुर्वासँगको हाम्रो हिमाली साइनो हो ।

सन् २०१५ को महाभूकम्पपछि फुर्वा ‘भिजिट नेपाल टु हेल्प नेपाल’ अभियानका सिलसिलामा वहाँ इटालीमा आउनुभएको थियो, त्यहीँबाट हाम्रो सहकार्यको शुभारम्भ भयो।’ अध्यक्ष नभारोले भने ।

ग्रान सासोका राजदूत तथा एक्स्प्लोरा नुनाट इन्टरनेशनलका अध्यक्ष डाभिडे पेलुज्जीले नेपाल आउँदा घरमा आए जस्तो महसुस हुने गरेको बताए। ‘फुर्वा र रोल्वालिङ बासीसँग मित्रता गाँसेको १२ वर्ष भयो । जतिपटक नेपाल आउँदा पनि आफ्नै घरमा आए जस्तो महसुस हुन्छ । म सबै नेपालीहरूलाई यस आत्मीयता तथा सौहार्दताका निम्ति धन्यवाद दिन चाहन्छु । फुर्वा सद्भावना दूत हुनुले यो माया, मित्रता तथा भातृत्व अझै प्रगाढ बन्नेछ ।’

‘दोलखाको विकट गाउँको हिमाली छोरो फुर्वा, देशको गौरवलाई इटाली सरकाले गरेको यस सम्मानले आफ्नो कामप्रति दत्तचित्त भएर बहुजन हित र सुखका निम्ति समर्पित रहने हो भने देशभित्रै पनि केही गर्न सकिन्छ भन्ने सुन्दर नमुना प्रस्तुत गरेको छ ।’ उपमेयर अनिता लामाले भनिन्, साथै उनले इटालीका अतिथिहरूलाई शिवपुरी राष्ट्रिय निकुञ्जको प्रवेशद्वार, प्राकृतिक , सांस्कृतिक तथा धार्मिक सम्पदाले सजिएको बुढानीलकण्ठ नगरपालिका घुम्न आमन्त्रण समेत गरिन् ।

फाउण्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले फुर्वाको सफलतामा देशले नै गर्व गर्नुपर्ने बताए । ‘यसले शेर्पा जातिको मात्र नभएर नेपालकै नाम उचो बनाएको छ ।’ उनले भने । फाउण्डेसनका सञ्चालन निर्देशक अनुप कुमार बरालले फुर्वाले सानो उमेरमा नै देशको लागि महत्त्वपूर्ण योगदान दिएको र उल्लेखनीय कार्य गरेको बताए ।

त्यस्तै, फाउण्डेसनकी राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक सुनिता दुलालले फुर्वाको यो सफलता नेपाल र शेर्पा जातिको अदम्य साहस, बहादुरी र पहिचानलाई अन्तर्राष्ट्रिय जगतसँग जोडने सेतु बन्ने बताइन ।

‘मैले जत्ति पनि काम गरेँ, केही रेकर्ड राख्छु वा केही पुरस्कार पाउँछु भनेर गरिनँ । साँच्चै भन्दा कहिल्यै त्यस्तो सोच पनि आएन । हिमाल चढ्नु सुरुमा बाध्यता थियो, त्यसपछि आवश्यकता र अहिले पेसा बन्यो । एकोहोरो आफ्नो काम गरिरहँदा यसरी समय समयमा अप्रत्याशित–अनपेक्षित फल पाउँदा साह्रै भाग्यमानी महसुस हुन्छ र अझै राम्रो काम गर्छु भन्ने जोस आउँदो रहेछ ।’ नवनियुक्त सद्भावना दूत शेर्पाले खुसी व्यक्त गरे ।

सद्भावना दूतका रूपमा शेर्पाले पार्क प्राधिकरण मार्फत संस्थागत रूपमा नेपालको भौगोलिक, सांस्कृतिक, प्राकृतिक तथा धार्मिक विविधताको प्रवर्द्धन गर्न इटाली तथा युरोपमा थप भिजिबिलिटी प्राप्त गर्नेछन् । साथै, सद्भावना दूत भएसँगै शेर्पा, पर्यावरण तथा वातावरण सम्बन्धी अध्ययन गर्ने विश्व वैज्ञानिक समुदायको एक हिस्सा बन्नेछन् ।

यसले सिङ्गो नेपालकै पर्यटन प्रवर्द्धन र हिमाली पर्यावरण र वातावरणको संरक्षणमा बलियो टेवा मिल्नेछ । सद्भावना दूतका रूपमा शेर्पाले ग्रान सासो एण्ड मोन्टी डेला लागा नेशनल पार्क र नेपालका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रहरुबीच सहकार्य गरी हरित गृह प्रभाव ९ग्लोबर वार्मिङ० को अध्ययन अनुसन्धानजस्ता महत्त्वपूर्ण कार्य गर्न सम्पर्क स्रोतको भूमिका निर्वाह गर्नेछन् ।

शेर्पाले हालसम्म १५ पटक सफल सगरमाथा आरोहण गरिसकेका छन् । ड्रिर्मश डेन्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशन प्रा.लि. का सञ्चालक उनी विगत दुई दशकदेखि पर्वतारोहण क्षेत्रमा कार्यरत छन् । कम उमेरमा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोहीका रूपमा ख्याति कमाएका उनी यसअघि युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएका थिए ।

एकै परिवारका आठ जना र चार दाजुभाइ एकै पटक सगरमाथा आरोहण गरेको उनको परिवारलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले ३ विश्व कीर्तिमानको उपाधि प्रदान गरेको छ ।

कार्यक्रममा रोल्वालिङ गाउँ र सगरमाथा क्षेत्र जोड्ने नेपालकै सुन्दर र विकट टासीलाप्चा पासमा सन् २०१७ र सन् २०१९ मा स्टिल केबलको बाटो भिया फराटा निर्माण गरेबापत एक्स्प्लोरा नुनाट इन्टरनेशनलका सबै सदस्यहरूलाई सम्मान समेत गरिएको थियो । साथै, रोल्वालिङस्थित बेदिङ स्कुलका निम्ति ७ थान ल्यापटप फाउण्डेशनका संस्थापक निर्देशक निर्मल श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।

  • फुर्वा तेन्जिङ शेर्पा
आइतबार, चैत १९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीकाे  ५ मा  खोप केन्द्र  निर्धारण   ८ गतेदेखि जेई खोप सञ्चालन हुदै
लागुऔषधसहित पाँच जना पक्राउ
जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान
कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

समाचार

सबै

धनगढीकाे  ५ मा  खोप केन्द्र  निर्धारण   ८ गतेदेखि जेई खोप सञ्चालन हुदै

लागुऔषधसहित पाँच जना पक्राउ

जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीकाे  ५ मा  खोप केन्द्र  निर्धारण   ८ गतेदेखि जेई खोप सञ्चालन हुदै

लागुऔषधसहित पाँच जना पक्राउ

जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.