बाजुरा- बाजुराको कोल्टीबाट मिनीट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । कोल्टीबाट हुम्लाको सरिसल्ला जाँदै गरेको मिनिट्रक हिमाली गाउँपालिका ४ तिथिचौरमा दुर्घटना हुँदा चालक सहित २ जना घाइते भएका छन् । घाइते हुनेमा चालक पुस्करंसिंह धामी र सहचालक रहेका छन् ।
नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माणका लागि तिथिचौरमा रहेको नेपाली सेनाको पोष्टबाट गएको टोलीले घाइतेको उद्धार गरेको दुर्गाभन्जन गुल्म बाजुराका गुल्मपती दिवाकर खड्काले जानकारी दिए ।
सु.प.प्र. ०१००१ ख २४९४ नम्बरको मिनीट्रक ब्रेक फेल भएर सडकबाट करिव १५ मिटर तल खसेको नेपाली सेनाले जनाएको छ ।
बुधबार (आज) बिहान ६ बजे ट्रक हुम्ला सरिसल्लाको लागि रासन लिएर जाँदै थियो ।













