धनगढी- नेपाल उद्योग वाणिज्य महासंघ चुनाव नजिकिएसंगै देश दौडाहामा निस्केका कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले बुधबार लुम्बिनी र गण्डकी प्रदेशका उद्योगी व्यवसायीसंग भेटघाट गरेका छन् ।
महासंघका सदस्यका उम्मेदवार कुँवर र जोशीले जिल्ला र नगरको (खुल्ला तर्फ) बाट महासंघको केन्द्रीय कार्यकारिणी समिति सदस्यमा उम्मेदवारी घोषणा गरेपछि देशभरका उद्योगी व्यवसायीलाई भेटक्रममा बुधबार लुम्बिनी र गण्डकी प्रदेशमा पुगेका हुन् ।
त्यहाँका उद्योगी व्यवसायीसंग भेट गर्दै कुँवर जोशीले दुबै प्रदेशका उद्योगी व्यवसायीसंग भेटघाट गर्दै महासंघको चुनावमा सहयोग गर्न आग्रह गरेका छन् । त्यसक्रममा उनीहरूले चुनावमा जीतको अग्रीम शुभकामना दिँदै आफूहरूको साथ सहयोग रहने प्रतिबद्वता जनाए ।

यहि १५ गते धनगढीबाट चुनावी अभियान सुरू गरेका कुँवर र जोशीले यसअघि कोशी, मधेश र बागमती प्रदेशका जिल्लाहरूमा पुगेर यहाँका विभिन्न जिल्ला र प्रदेशका अध्यक्षसहित उद्योगी व्यवसायीहरुसंग भेट गर्दै चुनावमा सहयोग गर्न आग्रह गरेका गरेका छन् ।
महासंघको ५७ औँ चुनावी साधारण सभा यही चैत्र २८ र २९ गते हुँदैछ ।













