धनगढी- नेपाल उद्योग वाणिज्य महासंघ चुनाव नजिकिएसंगै देश दौडाहामा निस्केका कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँ गाउँ पुगेर ब्रह्मनिष्ठ सन्त शिरोमणी लोकानन्द स्वामीबाट आशिर्वाद लिएका छन् ।
कुँवर र जोशीले महासंघको केन्द्रीय कार्यकारिणी समितिको जिल्ला नगरको (खुल्ला तर्फ) बाट सदस्यमा उम्मेदवारी घोषणा गरेपछि देशभरका उद्योगी व्यवसायीलाई भेटन बुधबार लुम्बिनी प्रदेश पुगेका बेला अध्यक्ष द्वयले स्वामी लोकानन्दबाट आशिर्बाद लिएका हुन् ।
भेटका क्रममा स्वामी लोकानन्दले जितको शुभकामना दिए । लोकानन्द स्वामी उनै हुन् जसको पहल कदमीमा कैलालीको धनगढीमा शिवपुरी धाममा १०८ फिट अग्लो शिवलिंग स्थापना गरिएको थियो । उनी हरेक ठूला धार्मिक कार्यक्रममा शिवपुर आइरहन्छन् ।
महासंघको ५७ औँ चुनावी साधारण सभा यही चैत्र २८ र २९ गते काठमाडौंमा हुँदैछ ।













