धनगढी- कैलालीमा दुई जना मृत अवस्थामा भेटिएका छन्। गोदावरी नगरपालिका र कैलारी गाउँपालिकामा दुई जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले कैलारी गाउपालिका(७ रामपुर बस्ने ३५ वर्षीया लक्ष्मीप्रसाद चौधरी मृत भेटिएको जानकारी दिए ।
उनी आफ्नै घरमा मृत भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको चन्दले बताए । यस्तै आज बिहान गोदावरी नगरपालिका १ बस्ने ५८ वर्षीय छुनु डगौरा थारू पनि आफ्नै घर आगनमा मृत भेटिएका छन्।थारु मृत भेटिएको घटनाबारे अनुसन्धान जारी रहेको छ।













