काठमाडौं- होर व्यवस्थापनबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आक्रोशित अभिव्यक्ति दिएपछि शहरी विकास मन्त्रालयले क्षेत्राधिकारबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ ।
शहरी विकासमन्त्री सीता गुरुङले आउँदो सोमबारका लागि तालुकदार निकायबीचको बैठक र त्यसलगत्तै पत्रकार सम्मेलन गर्ने गरी मन्त्रालयका सचिवलाई निर्देशन दिएको बताइन् ।
शनिबार बिहानै काठमाडौंका मेयर बालेनले सिंहदरबारको फोहोर आजदेखि नउठाउने घोषणा गरेका छन् । संघीय सरकारबाट असहयोग भएको गुनासो गर्दै आएका उनले साँच्चिकै देश सफा गर्ने भए सिंहदरबारका नेतालाई सिसडोलमा लगेर फाल्नुपर्ने आक्रोशित अभिव्यक्तिसमेत दिए ।
सिंहदरबारको फोहोर नउठाउने भन्दै मेयर बालेनले भने, ‘नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ’ ‘फोहोर व्यवस्थापनमा तपाईंहरूले महानगरपालिकालाई सहयोग नगर्नुभएको हो ?’
जवाफमा शहरी विकासमन्त्री गुरुङले भनिन्, ‘फोहोर व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाकै हो । यसबारे आउँदो सोमबार छलफलको व्यवस्था मिलाउन मैले सचिवजीलाई भनेकी छु । पत्रकार साथीहरूलाई पनि बोलाएर हामी आ(आफ्नो क्षेत्राधिकारबारे जानकारी गराउने छौँ ।’
मन्त्रालयका तर्फबाट महानगरलाई असयोग गर्ने काम नभएको उनले बताइन् । यसअघि रामकुमार झाँक्री शहरी विकासमन्त्री भएका बेलासमेत महानगर र मन्त्रालयबीच कार्यजिम्मेवारीलाई लिएर विवाद देखिएको थियो ।















