धनगढी- हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको रहेको देशका पहाडी भू–भागको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा जनाएको छ । छ। अन्य प्रदेशको पहाडी भू–भागमा पनि वर्षाको सम्भावना रहेको छ ।
राति भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। सोमबार पनि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।













