धनगढी- होटल व्यवसायी संघ कैलालीको अध्यक्षमा होटल क्रिस्टलका संचालक केशवदत्त पाण्डे सर्वसम्मत ढंगले चयन भएका छन् ।
शनिबार भएको संघको ३१ औं साधारण सभा तथा आठौं जिल्ला अधिवेशनबाट पाण्डेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको हो ।
संघको उपाध्यक्षमा होटल जलशाका संचालक दिपककुमार थापा क्षेत्री, महासचिवमा अवेशकुमार चन्द, सचिवमा प्रजापति जोशी, कोषाध्यक्षमा भक्तबहादुर थापा सर्वसम्मत चयन भएका छन् ।
यस्तै सदस्ययमा धर्मराज भट्ट, केशबहादुर बोहरा, केशव चन्द, कुलदीप ध्वज थापा, विष्णु केसी, करनसिंह कुडमाल, सोमराज सापकोटा, भीमबहादुर शाही, राकेश भट्ट र सुरेन्द्रबहादुर थापा चयन भएका छन् ।
साधारण सभाको एक समारोहकाबिच होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दीनेशकुमार चुकेले उद्घाटन गरेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य रमेश धामी, धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला राना, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका भोजराज पाठक, पर्यटन व्यवसायी मायाप्रकाश भट्ट, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी, नाटा सुदूरपश्चिम प्रदेश अध्यक्ष पदमविक्रम सिंह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।













