धनगढी-धनगढीमा लागुऔषधसहित चार युवक पक्राउ परेका छन् । धनगढीका विभिन्न स्थानबाट लागुऔषधसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको हो । धनगढी उपमहानगरपालिका–२ मिलन चोकबाट लागुऔषध सहित २ जना र वडा नं. ७ मनेहराबाट २ जना गरी चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मिलनचोकबाट २ सय मिलिग्राम लागूऔषधसहित ४० वर्षीय ओम अधिकारी र सोही स्थानका २२ वर्षीय भुपेन्द्र मिश्रलाई प्रहरीले पक्राउ गरेको हो भने मनेहराबाट २ सय ६० मिलिग्रामसहित सो ठाउँका १८ वर्षीय किशोर र जोशीपुर गाउँपालिका–४ का २० वर्षीय असिम सागर चौधरीलाई पक्राउ गरेको बताईएको छ ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले मिलनचोकबाट ब्राउनसुगरसहित दुबै जनालाई पक्राउ गरेको हो भने जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मनेहराबाट लागुऔषधसहित २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













