बैतडी– बैतडीमा जिप दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ।
गएराति जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा करिब ११ः२५ बजे जीप दुर्घटना भएको हो। दुर्घटनामा बझाङको एकै गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय बीरे धामी छन् ।
जीप खस्ने क्रममा सडकमै हामफालेका पाँचजना वचन सफल भएको प्रहरीले जनाएको छ ।
चालक सम्पर्कविहीन छन्। झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।













