धनगढी- कैलालीमा मोहना नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१९ फुलवारीका ४३ वर्षीय कमल चौधरीको मोहना नदीमा डुबेर बुधबार मृत्यु भएको हो।
उनी माछा मार्न मोहना नदीमा गएका बेला डुबेर बेपत्ता भएका थिए । ईलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी र स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।















