• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज ०५, २०८३
☰
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

चैतन्यद्वारा एक लाखको ‘चैतन्य शासकीय प्रवर्द्धन सुधार सम्मान’ घोषणा

  •   बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित

काठमाडौं- काठमाडौंको शंखमुलस्थित चैतन्य एकेडेमीले शासकीय प्रवर्द्धन र सुधारमा योगदान पुर्‍याउने एक जनालाई प्रदान गर्नेगरि एक लाखको पुरस्कार घोषणा गरेको छ। प्रत्येक वर्ष शासकीय प्रवर्द्धन र सुधारमा योगदान पुर्‍याउने एक जना उत्कृष्ट व्यक्तिलाई प्रदान गर्नेगरि ‘चैतन्य शासकीय प्रवर्द्धन सुधार सम्मान’को घोषणा गरिएको हो।

नयाँ २०८० अवसरमा बुधबार आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा एकेडेमीका सिइओ गणेश जोशीले प्रत्येक वर्ष एक जना शासकीय प्रवर्द्धन र सुधारमा योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गर्नेगरि एक लाख पुरस्कारको घोषणा गरे। ुस्थायी सरकारको रूपमा रहेर कर्मचारीले मुलुकको विकास र प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याउनु भएको छ। राष्ट्र सेवामा समर्पित व्यक्तिहरूको मनोबल बढाउनु हामी निजी क्षेत्रको पनि उत्तिकै दायित्व हो। यो पुरस्कार त्यस्ता कर्मचारीका साथै शासकीय प्रवर्द्धन र सुधारमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रदान गरिने छु, जोशीले भने।

वर्षभर शासकीय प्रवर्द्धन र सुधारमा योगदान पुर्‍याउने एक जनालाई पुरस्कार छनोट समितिले सिफारिस गर्ने उनले जानकारी दिए। छनोट समितिमा जोशी सदस्य सचिव रहेका छन्। यस्तै सदस्यहरूमा नेपाल सरकारका पूर्वसचिव सरदचन्द्र पौडेल, गोपीनाथ मैनाली र टियूका प्राध्यापक तथा समालोचक महेश पौडेल रहेका छन्।

कार्यक्रममा आफ्नो धारणा राख्दै शिक्षाविद् डाक्टर हेमराज पन्तले चैतन्य प्राइभेट संस्था भए पनि विभिन्न सामाजिक उत्तर दायित्वका काम गर्दै आएको बताए। उनले सबैका सत्कर्म र सकारात्मक प्रयासबाटमात्रै मुलुकको समृद्धि हासिल हुने भएकाले चैतन्यको कामबाट सबै निजी क्षेत्रले सामाजिक उत्तरदायित्व सिक्नुपर्ने बताए।

यस्तै नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीले चैतन्यले लोकसेवाका तयारी कक्षा सञ्चालन गर्नेमात्र नभए सरकारी सेवामा आबद्ध कर्मचारीहरूलाई प्रेरित गर्ने खालका विभिन्न काम गर्दै आएको र ती कार्यक्रमहरूमा आफू पनि सहभागी हुन पाउँदा खुसी लागेको बताए।

ुचैतन्यले कहिले समृद्धिका क्षेत्रमा बहस गर्छ। कहिले सुशासनको मुद्दालाई बहसको विषय बनाउँछ। यसका साथै सार्वजनिक सेवाका कर्मचारीहरूलाई पारदर्शी रूपमा काम गर्न प्रेरित हुने खालका काम पनि गर्दै आएको छ। यस पटक त शासकीय प्रवर्द्धन र सुधारमा योगदान पुर्‍याउने व्यक्तिका लागि एक लाखको पुरस्कार नै घोषणा गर्‍यो। यो निकै प्रशंसनीय कार्य हो,ु उनले भने।

नेपाल सरकारकै पूर्व सचिव सरदचन्द्र पौडेलले उपस्थित कर्मचारीहरूलाई जनमैत्री सेवा प्रवाहमा सधैँ प्रतिबद्ध रहन आग्रह गरेका थिए। उनले सरकारी सेवाका कर्मचारीहरूले सार्वजनिक सेवाप्रति जनताको विश्वास गुम्न नदिनेगरि काममा सक्रिय रहन आग्रह गरे।

संविधान विद् काशीराज दाहालले पञ्चायत कालमा आफूहरूले काम गरेको अनुभव सुनाउँदै अहिलेको अवस्था पहिले भन्दा सहज रहेको र जनताको सेवामा प्रतिबद्ध भएर काम गर्न सबै कर्मचारीलाई आग्रह गरेका थिए। ुमेरो मुटुको अप्रेसन भएको छ। कार्यक्रममा आमन्त्रण गर्दा स्वास्थ्यका कारणले आउन सक्दिन झैँ लागेको थियो। तर, नयाँ पुस्ताका कर्मचारी साथीहरूसँग केही भावना साट्न मन थियो। पुराना साथीहरूसँग पनि एकै ठाउँमा भेट हुने आसा थियो। त्यसैले सार्वजनिक सेवामा आबद्ध साथीहरू भ्रष्ट रहित भएर काम गर्नुहोला,ु उनले भने।

यस्तै नेपाल सरकारका पूर्वमुख्य सचिव डा। विमल कोइरालाले उपस्थित कर्मचारीहरूलाई प्रेरित हुने खालका अनुभव साटेका थिए। ‘कर्मचारी मुलुक परिवर्तनको मेरुदण्ड हो। हामीले सधैँ मेरुदण्डकै भूमिका निर्वाह गर्नुपर्छ। त्यसबाट हामी रत्तिभर पनि चुक्नु हुँदैन’ उनले भने।

शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल सरकारका सचिव डा. दामोदर रेग्मी, पूर्वसचिव श्यामराज मैनाली, सहसचिवहरू पारमेश्वर ढुंगाना, डा। टोकराज पाण्डे, प्रकाश दाहाल, देवराज जोशी, पूर्व सहसचिव पुष्पलाल शाक्यलगायत ८५ जना नेपाल सरकार सचिव, सहसचिव, उपसचिव, शाखा अधिकृतका साथै विभिन्न क्षेत्रका कर्मचारी र समाजसेवीहरूको उपस्थिति रहेको थियो। चैतन्यले यस वर्षदेखि एक दशक लामो यात्रा पुरा समेत गरेको छ। दशक लामो यात्रामा उसले यस्ताखाले थुप्रै कार्यक्रमको आयोजना गर्दै आएको छ।

बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिममा दुई महिनादेखि बजेट शून्यतामा  नयाँ बजेटको अन्योलता कायमै
वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन
धनगढीकाे  ५ मा  खोप केन्द्र  निर्धारण   ८ गतेदेखि जेई खोप सञ्चालन हुदै
लागुऔषधसहित पाँच जना पक्राउ
जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

सुदूरपश्चिममा दुई महिनादेखि बजेट शून्यतामा  नयाँ बजेटको अन्योलता कायमै

वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

धनगढीकाे  ५ मा  खोप केन्द्र  निर्धारण   ८ गतेदेखि जेई खोप सञ्चालन हुदै

लागुऔषधसहित पाँच जना पक्राउ

सुदूरपश्चिममा दुई महिनादेखि बजेट शून्यतामा  नयाँ बजेटको अन्योलता कायमै

वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

धनगढीकाे  ५ मा  खोप केन्द्र  निर्धारण   ८ गतेदेखि जेई खोप सञ्चालन हुदै

लागुऔषधसहित पाँच जना पक्राउ

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.