• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज ०६, २०८३
☰
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • ९. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

  • १०. धनगढीमा सर्प उद्धार अभियान : तीन वर्षमा ४ हजार ८३६ सर्पको उद्धार

क्यामरामा देखिएन बाघ

  •   सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित

कञ्चनपुर- भारतको दुधुवा राष्ट्रिय निकुञ्जसँग जोडिएको बस्तीमा राखिएको क्यामरामा बाघ देखिएको छैन । निकुञ्जसँग जोडिएको बस्तीमा दिनहुँ बाघ देखिन थालेपछि पहिचानका लागि डेढ साताअघि उक्त क्षेत्रमा स्वचालित क्यामरा राखिएको थियो । लालझाडी मोहना करिडोरमा पर्ने पुनर्वास नगरपालिका–११ को गंगा जमुना सामुदायिक वन र कैलालीको धनगढी उपमहानगरपालिका–३ मा एकरएक जोडी क्यामरा राखिएको थियो । यसैगरी बेलौरी नगरपालिका–२ को थापा चोकमा एक जोडी क्यामरा जडान गरिएको हो । पुनर्वासको ‘घ’ गाउँमा भने शुक्रबार बाघ देखिएको थियो ।

शुक्रबार क्यामरा जडान गरिए पनि हालसम्म बाघ नदेखिएको सबडिभिजन वन कार्यालय कुन्डाका प्रमुख सहायक वन अधिकृत दिनेश यादवले बताए । उनका अनुसार क्यामरा जडान गरिएकै दिन गंगा जमुना सामुदायिक वनमा एक चितुवा देखिएको थियो । ‘त्यसपछि पनि चितुवा देखिएको छ, तर बाघ भने देखिएको छैन,’ उनले भने, ‘बाघ एकै ठाउँमा बस्दैन, कि त निकुञ्जतिरै फर्कियो, कि त ठाउँ बदल्यो ।’ क्यामरा राख्नुभन्दा अघिसम्म पुनर्वास र बेलौरीका बस्तीमा नियमित रूपमा बाघ देखिएको थियो । जसका कारण स्थानीय त्रसित बनेका थिए । डमरुसहित देखिएका कारण पनि स्थानीय बढी डराएको यादवले बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमले उक्त क्षेत्रमा क्यामरा जडान गरेको हो । अहिले संरक्षण कार्यक्रमकै प्राविधिकले क्यामराको अनुगमन गरिरहेका छन् । ‘त्यो बाघ यसअघि शुक्लाफाँटामा क्यामरा ट्र्यापिङमा परेको छ वा छैन पहिचान गर्न र कस्तो अवस्थामा र किन आइरहेको छ भन्ने जानकारीका लागि अध्ययन गर्न खोजिएको हो,’ संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशीले भने, ‘नदेखिएपछि अब क्यामरा निकालिनेछ ।’ उनले फेरि कतै देखिएमा पुनः जडान र अनुगमन गर्न सकिने बताए ।

बाघ देखिएको क्षेत्र लालझाडी मोहना करिडोरमै पर्छ । दुधुवासँगै जोडिएको करिडोरमा बाघलगायत वन्यजन्तुको ओहोरदोहोर हुनु नौलो कुरा होइन । तर बस्तीमा पस्दा मानवीय क्षति हुने भएकाले यसको अध्ययन गर्न खोजिएको जोशी बताउँछन् । ‘हामी करिडोर भनेर संरक्षण लगायतका गतिविधि गरिरहेका छौं,’ उनले भने, ‘तर बाघ देखिनेबित्तिकै आत्तिनु हुँदैन ।’ उनले करिडोरलाई व्यवस्थित पार्नुका साथै आसपासका क्षेत्रमा सतर्कता अपनाउनुपर्ने बताए । कान्तिपुरबाट 

  • क्यामरा
सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत
मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिममा बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेस संसदीय दलको माग
सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन
धनगढीका १९ वडामध्ये वडा नं. १ मा मात्र नेपाली कांग्रेसको महिला नेतृत्व,सरस्वती खड्का निर्विरोध निर्वाचित
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई

समाचार

सबै

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिममा बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेस संसदीय दलको माग

सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिममा बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेस संसदीय दलको माग

सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.