काठमाडौं- स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको छ । टेलिकमले लाइसेन्स नवीकरणका लागि प्रक्रिया पूरा नगरेपछि लाइसेन्स खारेज गरिएको हो ।
लाइसेन्स खारेजसंगै अब स्मार्टको सबै सम्पत्ति सरकारको हुनेछ । स्मार्टले नवीकरण दस्तुरका रुपमा २० अर्ब १३ करोड २७ लाखभन्दा बढी तिर्नुपर्ने भए पनि हालसम्म ७५ करोडमात्रै तिरेको छ ।
स्मार्टले नवीकरणका लागि प्राधिकरणसमक्ष निवेदन दिएको थियो। तर, जरिवाना बाहेक नै २७ अर्ब बढी शुल्क नतिरेपछि प्राधिकरणले नवीकरण नगरेको हो ।













