धनगढी – नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा युवा नेता भरत शाह निर्विरोध विजयी भएका छन् । शाह सुदूरपश्चिम भूगोलबाट विजयी भएका हुन्।
शाह सुदूरपश्चिममा समाजसेवीको रूपमा परिचित छन् । उनले कोरोनाको पहिलो लहरका बेला युवाहरूलाई समेटेर राहत अभियान सञ्चालन गरेका थिए । उनको अभियानमा सुदूरपश्चिम प्रदेश सरकारले समेत सहकार्य गरेका थिए ।
सुदूरपश्चिम फाउन्डेसनको नेतृत्व गरेको शाह युवा माझ लोकप्रिय छन् । उनी सुदूरपश्चिम युवाका अभिभावक जस्तै मानिन्छ । युवाकै मुद्दामा उभिने शाह युवा माझ सरल सहज नेताका रूपमा चिनिन्छन् ।
अछामी कम्युनिस्टमा संस्थापन पक्षमा उभिने शाह राजनीतिक खेलाडी नै मानिन्छ । सरकारी मुद्दा मामला मा पहुँच राख्ने शक्ति लाई सधैँ युवाको लागि सदुपयोग गर्ने उनको दिनचर्या नै हो । उनको बुवा कृष्णबहादुर शाह अछाम कम्युनिष्टका संस्थापक हुन् ।













