• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

भारतमा उच्च गर्मीका कारण दुई दशकमा २२ हजारको मृत्यु

  •   बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित

एजेन्सी- सन् २०२० मा ‘द मिनिस्ट्री फर द फ्युचर नामक उपन्यासमा लेखक किम स्टेनली रोबिनसले भारतको उच्च गर्मीको चर्चा गरेका छन् । हजारौँको ज्यान लिने तापमानबारे उनले लेखेका छन्, ‘भारतमा आकाश परमाणु बम जत्तिकै बल्छ । त्यसको तापले अनुहार नै जल्छ । पानीले पनि शीतलना दिँदैन । हावा पनि चिसो बहँदैन । मानिसहरूको प्राण पखेरू भटाभट उड्छ ।’

रोबिनसनको यो वाक्यांश कल्पना गर्दै त भयानक छ भने उच्च तापमानको मार सहनु परेकाहरूको पीडा झनै दर्दनाक छ । गत साता मात्रै भारतमा उच्च तापमानका कारण १२ जनाको ज्यान गयो । महाराष्ट्रमा तापमान वृद्धिका कारण हजारौँ विरामी भएर अस्पताल पुगेका छन् ।

भारत उच्च तापमानको जोखिममा रहेका मुलुकमध्येको देश हो । भारतमा दिन र रात दुवैमा तापमान उच्च हुने गरेको छ । सन् २०५० सम्म भारतमा दुईदेखि चार गुणासम्म तापमान बढ्ने आकलन गरिएको छ । भारतमा उच्च तापमानको लहर सबैभन्दा पहिले आउने र लामोसमय सम्म रहने प्रक्षेपण गरिएको छ ।

मे महिनाभर भारतमा उच्च तापमान रहने मौसम कार्यालयले जनाएको छ । सन् १९०१ देखि सन् २०१८ को तथ्यांक हेर्ने हो भने भारतमा तापमान ०।७ प्रतिशतले हरेक वर्ष बढिरहेको छ । सन् १९९२ देखि सन् २०१५ सम्मको तथ्यांक केलाउँदा भारतमा गर्मीका कारण २२ हजार मानिसको ज्यान गएको छ । ‘यो संख्या अझै उच्च हुनसक्छ । मृत्युको तथ्यांक राम्रोसँग नराख्दा उच्च तापमानको कारण मृत्यु भएकाहरू कम देखिएका हुन्,’ स्वास्थ्यकर्मी दिलिप मभालंकर भन्छन् ।

उनका अनुसार सन् २०१० मा अहमदावादमा मृत्यु भएकामध्ये ८ सय जना गर्मीले मरेका थिए । यो संख्या अघिल्लो वर्षको तुलनामा बढी रहेको उनले बताए । त्यसबखत तापमान ४५ डिग्री सेल्सियस पुगेको थियो । त्यसपछि सन् २०१३ मा गुजरातमा गर्मीको समयमा बाहिर ननिस्किने र प्रशस्त पानीको प्रबन्ध मिलाउनुका साथै अस्पतालमा सुविधा थप्ने काम भएको उनले बताए । सन् २०१८ मा गुजरातमा उच्च तापमानले मृत्यु हुनेको संख्यामा एक तिहाइले कमी आएको उनले बताए ।

तर भारतको सबै राज्यमा गुजरातको जस्तो स्थिति छैन । मुम्बईमा गर्मीको समयमा खुला स्थानमा आउन प्रोत्साहन गरिन्छ । यो नीतिमा निकै खराबी रहेको विज्ञ आदित्य पियाली बताउँछन् । ‘स्थानीय स्थितिलाई हेरेर बनाइएको योजनाले संभावित संकटलाई छोएको छैन,’ उनले भने ।

उच्च तापमानको क्षती न्युनीकरणका लागि बनाइएका ३७ योजनामध्ये १० वटा मात्रै कार्यान्वयनमा आएका थिए । ‘खुला आकाशमा जम्मा गर्नुको साटो गाउँ–गाउँमा स्वचालित मौसम स्टेशनहरूको संख्या बढाइनुपर्थ्यो,’ पियाली भन्छन् । यस्तै महाराष्ट्रको योजनाले खेतमा काम गर्ने किसान, बुढाबुढी र बालबालिका लक्षित कुनै योजना नबनाएको उनले बताए ।

भारतमा प्रत्येक ४ मध्ये तीन मजदुर कोइला खानी तथा निर्माणमा काम गर्ने भेटिन्छन् । उनीहरू सबैभन्दा बढी जोखिमा छन् । ‘खानीमा काम गर्ने कामदार उच्च जोखिमा छन् । तर उनीहरू लक्षित कुनै योजना छैन,’ अनुसन्धानकर्ता लुक पार्सन भन्छन् ।

उच्च तापमानसँग जुध्न बनाइएका नीति कार्यान्वयनका लागि कम लगानी गर्दा सफलता पाउन नसकेको विज्ञहरू बताउँछन । उच्च तापमानको जोखिम भएको ठाउँमा प्रशस्त रूख रोप्न उनीहरूको सुझाव छ । यस्तै माथिल्लो तलामा बस्नेहरूलाई तल्लो तलामा सार्दा पनि जोखिम कम हुने पियालीको भनाइ छ । भारतमा सन् २००० देखि २००४ र २०२१ को बीचमा उच्च तापमानका कारण मृत्यु हुनेको संख्या ५५ प्रतिशतले बढेको पाइएको मेडिकल जर्नल ल्यान्सेटमा उल्लेख छ ।

उच्च तापमानका कारण १ करोड ६७ लाख मजदुर पूर्णरूपमा काम गर्न असम्भव भएकाले राष्ट्रको कूल ग्राहस्थ उत्पादनमा पनि ५ प्रतिशले कमी आएको तथ्यांक छ । यद्यपि भारतले अझै पनि यसको निराकरणका लागि प्रभावकारी कदम नचालेको जानकारहरू बताउँछन् ।

आइतबार मुम्बइको तापक्रम ३८ डिग्री सेल्सियस मापन भएको थियो । तथापी हजारौँ मानिसहरू खुला स्थानमा भेला भएका थिए । तीमध्ये केहीले मात्रै छाता बोकेका थिए । ‘म दिल्लीमा बस्छु र त्यहाँको तापमान ५० डिग्री सेल्सियससम्म पुग्न सक्छ तर निकै कमले छाता बोक्छन्,’ पिलाइ भन्छन् ।

 

  • उच्च गर्मी
बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तिब्बततर्फ ५४६ जना बेपत्ता, १०४ नेपालीसहित २६१ विदेशी नागरिक परे
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा
अमेरिकाको मिसिगनमा गोली हानाहान, दुई घरमा ६ जनाको मृत्यु, सन्दिग्ध आक्रमणकारी पनि मारिए
उत्तर कोरियाको आणविक दौड तीव्र
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता
विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन शाह समेटिए

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.