कैलाली- इलाका प्रहरी कार्यालय भजनीको टोलीले लागू औषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । भजनी नगरपालिका वडा नं. ३ कुसुमघाटस्थित नेपाल भारत सीमा नाकाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका ३ बस्ने वर्ष २४ को अंकित चौधरी र आयरन चौधरी रहेका छन् ।
सु.प.प्र.०१-०१० प.५२३१ नम्बरको मोटरसाइकल चेक गर्दा अंकितको साथबाट ३१ ग्राम ७०० मिली ग्राम लागू औषध खैरो हेरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) कुलदिप चन्दले जानकारी दिए । प्रहरीले पक्राउ परेकालाई थुनामा राखी थप अनुसंधान भैरहेको जानकारी दिएको छ ।













