सार्वजनिक अपिल जारी गर्दै उनले भनेका छन्, ‘हाम्रो निर्वाचन क्षेत्रभित्र भइरहेका विभिन्न विकास योजनाको कार्य प्रगति निकै नै निराशाजनक अवस्थामा छ । समय सीमाभित्र गुणस्तरीय काम सम्पन्न होस् भन्ने चाहना आम सेवाग्राहीको छ । तर जुन गतिमा निर्माण कार्य हुनुपर्ने हो, त्यो भएको देखिएन ।
त्यसकारण म भन्न चाहन्छु, जुन निकायले काम गराउँदै छ जनतालाई परेको पीर मार्कालाई ध्यान दिई काम गर्न गराउन अनुरोधसहित काम गर्ने निर्माण कम्पनीलाई पनि काम अलपत्र छोडी सम्पर्कबिहिन नहुन अनुरोध गर्दछु ।’
उनले आफू निर्वाचित क्षेत्रस्थित उर्मा–भादा सडक निर्माण कार्य एक महिनादेखि अलपत्र रहेको बताएका छन् । त्यस्तै, गदरिया–बनकट्टा बाटो र फूलबारी १४ रिङ्ग रोड जोड्ने बाटो एक महिनादेखि रोकिएको बताएका छन् । धुर्चन्नना शिविर मोहना नदीमा बन्न लागेको तटबन्धको काम पनि २ वर्षदेखि अलपत्र परेको सांसद धामीले उल्लेख गरेका छन् ।
उनले निर्वाचन क्षेत्रको शिवगंगा नदीमा बेहडाबाबा जोड्ने पुल ६ वर्षदेखि अलपत्र रहेकोमा १ महिनामा सुचारु गर्ने निर्माण कम्पनीले आशा देखाएको बताउँदै बाचाअनुसार कुनै पनि निर्माण कम्पनीले काम नगरे नछोड्ने चेतावनी दिएका छन् ।
उनले भने– ‘बजेट बिनियोजन भएर समयमा काम नहुँदा जनताले निकै दुख कष्ट भोग्नुपरिरहेको छ । पहिलो चोटि सबैलाई समयमा काम गर्न अनुरोध छ । फेरि पनि यस्तै हो, भने जनताले सहने छैनन् भन्नै कुरा पनि जानकारी गराउँदछु ।’














