धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर ५ ले वडाको पाँच स्थानमा गर्मीमा चिसो पानी आउने विधुतीय धारा जडान गरेको छ ।
लभ्ली चोकमा निर्माण गरीएको धाराको वडा नम्बर ५, दाहाल टोल निवासी १०३ वर्षीय जनकलाल दहालले सुभारम्भ गरे ।
वडाको आर्थिक सहयोगमा यातायात कार्यालय चोक, पिपल चौतारा, वडा कार्यालय जाने चोक र लभ्ली चोकमा धारा जडान गरिएको वडा अध्यक्ष गजेन्द्र शाहीले बताए । उनले नगरपालिकाको पाँच लाख तथा जनश्रमदानबाट सो धोरा निर्माण गरिएको बताए ।
चोकचोकमा हामीले चिसो पानी आउने धारा जडान गरेका छौ वडा अध्यक्ष शाहीले भने,‘छेउछाउका बासीन्दाका साथै सो सडक भएर हिड्ने बटुवाले सजिलै पानी पिउन पाउँने छन् ।’
उनले नगरमै पहिलो वडा जसले चोकचोकमा चिसो पानी आउने धारा जडान गरेको दाबी गरे । त्रिलोचन भट्ट धारा निर्माण समितिका अध्यक्ष रहेका थिए । वडा कार्यालयले उनलाई उद्घाटन समारोहमा सम्मान समेत गरेको छ ।













