धनगढी – धनगढीका युवा व्यवसायी तथा समाज सेवी दिप्सन खड्काले आफ्नो ३० औ जन्म दिन धनगढीमा रहेको दृष्टी फाउण्डेशनमा बनाएका छन् । धनगढी उप महानगरपालिका वडा नम्बर १३ मा रहेको दृष्टी फाउण्डेशनमा खड्काले फाउण्डेसन लाई आवश्यक पर्ने खाद्यान्न लगायताका आवश्यक वस्तु सहयोग गरेका हुन् ।
मानसिक समस्या भएका तथा सडक पेटीमा बस्दै आएका ४० जना बेसाहारा तथा १२ जना बालबालिकाहरुलाई आश्रय दिदै आएको फाउण्डेशनमा खड्काले यस अघि पनि विभिन्न सहयोग सहयोग गदै आएका छन् ।
सहयोग ग्रहण पछि दृष्टि फाउन्डेसन सञ्चालक कल्पना भट्टले खड्काले विगतमा पनि धेरै सहयोग गरेको स्मरण गरिन् । सरकारबाट आर्थिक सहयोग नपाइरहेको बेला विभिन्न संघसस्था र मनोकारी ब्यक्ति हरुबाट सहयोग पाउँदा खुसी लागेको उनले बताइन् ।













