धनगढी – कञ्चनपुरको बेलौरीमा महिलालाई आक्रमण गर्ने बाघलाई प्राविधिक टोलीले नियन्त्रणमा लिएको छ। बेलौरी नगरपालिका–८ पचुईँस्थित खप्टी नालामा महिलालाई आक्रमण पछि सोही क्षेत्रमा लुकिरहेको बाघलाई प्राविधिक टोलीले शनिबार बिहान नियन्त्रणमा लिएको हो।
शुक्रबार बिहान ११ बजे पचुईँमा घाँस काट्न गएकी सोही ठाउँकी गंगा चन्दलाई बाघले आक्रमण गरेको थियो। बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोलीले नियन्त्रणमा लिएको हो ।













