काठमाडौँ – सरकारले विभिन्न तीनवटा निर्वाचन क्षेत्रमा भोलि सार्वजनिक बिदा दिएको छ । उपनिर्वाचन हुने बारा–२, चितवन–२ र तनहुँ–१ मा गृह मन्त्रालयले सार्वजनिक बिदाको घोषणा गरेको हो ।
मन्त्रालयका अनुसार, ती निर्वाचन क्षेत्रभित्र रहेका विद्यालय तथा सरकारी निकायहरूमा ८ वैशाखदेखि १० गते आइतबारसम्म बिदा दिने निर्णय भएको हो ।













