धनगढी- धनगढी उप–महानगरपालिका–२ पुरानो भन्सार रोडमा रहेको धनगढी फन सिटी पुन सञ्चालनमा आएको छ। कोरोना कहरका कारण केही वर्षदेखि बन्द रहेको फन सिटी पुन सञ्चालनमा आएको हो । यही वैशाख १ गते बाट फन सिटी पुन सञ्चालनमा आएको धनगढी फन सिटीका अध्यक्ष उपेन्द्र विष्टले बताए ।
नेपाल भरिको सबै भन्दा सस्तो दर टिकेट रहेको उक्त पार्कमा गर्मियाममा नुहाउनको लागी चिसो पानीको दुई वटा सुईमिङ पुल तथा टियु र म्याट सञ्चालनमा रहेको उनले बताए । अहिले ओप पनि सञ्चालनमा रहेको र ओप चलाउँदा समुद्री छाल जस्तो आउने हुँदा आउने दर्शकहरूको लागी नौलो दृश्य रहेको उनको भनाइ छ ।
साथै विष्टका अनुसार पार्क भित्र घुम्न आउने पर्यटकका लागी भित्रै खाना नास्ताको लागी रेस्टुरेन्टको समेत व्यवस्था गरिएको तथा स साना बालबालिका हरुको लागी सुईमिङको लागी विशेष छुटको व्यवस्था समेत गरिएको छ।
१२ महिना नै खुल्ला राख्ने गरी सञ्चालनमा ल्याइएको भए पनि कोरोनाका कारण आर्थिक अवस्थामा समस्या लगायत विभिन्न कारणले गर्दा सञ्चालन गर्न नसकिए पनि अहिले गर्मी याममा मात्रै खुल्ला गरिएको छ ।













