• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज ०५, २०८३
☰
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ घण्टा 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

६५ वर्षमा ६४ ले गुमाए ज्यान

  •   आइतबार, बैशाख १०, २०८० मा प्रकाशित

दार्चुला- नेपाल–भारतबीचको सीमानदी महाकालीमा तुइनबाट खसेर एक जना नेपाली नागरिकको ज्यान गएको छ। दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारीको तुइनबाट खसेर मृत्यु भएको हो।

घरबाट भारतीय बजार धारचुला सामान किन्न जाने क्रममा तल्लो दुम्लिङस्थित महाकाली नदीमा तुइनबाट खसेर उनको मृत्यु भएको वडाध्यक्ष धीरेनसिंह बुढाथोकीले जानकारी दिए । नदीमा खसेलगत्तै स्थानीय र सुरक्षाकर्मीले खोजतलास गर्दा बुढाथोकी मृत अवस्थामा भेटिएको उनले बताए ।

६५ वर्षमा ६४ बिलाए

तुइनबाट खसेर मृत्यु भएको यो पहिलो घटना होइन। पछिल्ला ६५ वर्षमा दार्चुलाका मात्रै ६४ जना यसरी नै महाकालीमा बिलाएका छन् तर तीमध्ये तीन जनाको मात्रै शव भेटिएको छ। ६१ जनालाई प्रहरी र स्थानीय तहको वडा कार्यालयले बेपत्ताको सूचीमा राखेका छन्। २०१६ यता तुइनबाट महाकालीमा खसेकामध्ये व्यास गाउपालिका–२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारी, व्यास गाउँपालिका–५ का दिलीपसिंह धामी र वीरसिंह धामीको शव मात्रै भेटिएको छ।

सबैभन्दा बढी व्यास गाउँपालिका–२ का मात्रै २५ जना तुइनबाट खसेर बेपत्ता भएका छन्। व्यास–६ का आठ, व्यास–५ का १९, व्यास–३ का पाँच र व्यास–४ का तीन जना बेपत्ता छन्। दार्चुलाकै नौगाड गाउँपालिकाका एक, दोलखाको भीमेश्वर नगरपालिका–६ का एक, कैलाली लम्कीका एक र ठेगाना नखुलेका अर्का एक जना पनि तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका छन्।

सबैभन्दा धेरै १२ जना व्यास–२ को तल्लो दुम्लिङघाटस्थित तुइनबाट खसेका छन्। व्यास–५ को ठन्डापानीस्थित तुइनबाट ११, व्यास–२ को मालघाट तुइनबाट नौ, व्यास–५ को तिगरमघाटबाट छ र व्यास–६ को एलागाड तुइनबाट पाँच जना महाकालीमा खसेर बेपत्ता भएका छन्। व्यास–४ को मगडागाउँबाट चार तथा व्यास–६ को कालागाड, व्यास–५ को नाजीघाट र फताङघाटबाट तीन–तीन जना बेपत्ता भएका छन्। बिन्दलामा दुई तथा कल्जु, महाकाली, बर्तीघाट, बल्जुडी र घाटीबगडस्थित तुइनबाट एक–एक जना हराएका छन्। दोलखा भीमेश्वर–६ स्थायी घर भएका इन्जिनियर ४२ वर्षीय राजेन्द्र न्यौपाने १३ जेठ २०७६ मा व्यास–४ को बर्तीघाटस्थित तुइनबाट खसेका थिए। विश्व खाद्य कार्यक्रम लागू भएको तत्कालीन सुनसेरा गाविस जाने क्रममा उहाँले तुइन प्रयोग गर्नुभएको थियो।

ट्युबबाट तर्दा पाँच जनाको मृत्यु

पुल र तुइन नभएका ठाउँमा ज्यान जोखिममा राखेर ट्युबबाट पनि महाकाली वारपार गर्न बाध्य छन्। महाकालीले सीमा छुट्याएका दार्चुलाका सीमा क्षेत्रका स्थानीयले खाद्यान्नलगायत दैनिक आवश्यकताका सरसामानको जोहो विगतदेखि भारतबाटै गर्दै आएका छन्। आउजाउका लागि नजिक तुइन नहुनेले गाडीको ट्युब प्रयोग गरेर महाकाली वारपार गर्नुको विकल्प हुँदैन। यस क्रममा पाँच जनाले ज्यान गुमाएका छन्। उनीहरू सबै लेकम गाउँपालिकाका हुन्।

२०६९ मा ३२ वर्षीय दामोदर जोशी र ३० वर्षीय अर्जुन पन्तले लेकम–३, खन्याघाटमा ट्युबबाट महाकाली तर्ने क्रममा ज्यान गुमाउनुभएको थियो। त्यसको तीन वर्षअघि २०६६ मा ३५ वर्षीय शिवराज पन्तले लेकम–३ स्थित गौडेगाडाबाट ट्युबमा महाकाली तर्दातर्दै ज्यान गुमाउनुभएको थियो। २०६१ मा १७ वर्षीय गणेश धामी र ४८ वर्षीय मणिदत्त जोशी पनि लेकम–३ स्थित पुलघाटबाट ट्युबमा महाकाली तर्ने क्रममा त्यहीँ बिलाउनुभएको थियो।

१० वटा झोलुङ्गे पुल

दार्चुलास्थित महाकाली नदीमाथि नेपाल–भारत जोड्ने १० वटा झोलुङ्गे पुल सञ्चालनमा छन्। नेपाल सरकारको तुइन विस्थापन कार्यक्रमअन्तर्गत पछिल्ला दुई वर्षमा महाकालीमा चारवटा पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको छ। वि।सं। २०७३ यता लेकम गाउँपालिका–३ लाली, मालिकार्जुन गाउँपालिका–६ बाँकु, व्यास गाउँपालिका–६ बडूगाउँ र तिगरम, व्यास गाउँपालिका–२ मालगाउँ र व्यास–४ मलघट्टेमा झोलुङ्गे पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । यसअघि दार्चुला सदरमुकाम खलङ्गास्थित पुलघाट, महाकाली नगरपालिका–९ दत्तु, व्यास गाउँपालिका–१ सीतापुल र मालिकार्जुन गाउँपालिका–७ जोलजिवीमा पुल सञ्चालनमा थिए।

दार्चुलाको महाकाली नगरपालिका–८ असीगडा र भारत पिथौरागढको मल्लाछारछुम जोड्ने गरी सुदूरपहाडमै पहिलो मोटरेबल पुल निर्माणको काम भइरहेको छ। व्यास गाउँपालिका–२, दुम्लिङमा भने अझै झोलुङ्गे पुल बनेको छैन। स्थानीयले पटक–पटक झोलुङ्गे पुल बनाउन माग गरे पनि सुनुवाइ हुन नसकेको गुनासो गरेका छन्।

महाकालीमा धमाधम पुल बनेसँगै तुइन र ट्युब विस्थापन हुँदै गएको व्यास गाउँपालिकाका प्रवक्ता उपेन्द्रसिंह धामीले बताउनुभयो। यद्यपि केही ठाउँमा अझै पनि तुइन सञ्चालनमै रहेकोले केही मानिसले अकालमै ज्यान गुमाउँदै आएका हुन्। पुल आवश्यक भएको ठाउँमा थप पुल निर्माण गरेर तुइन पूर्ण रूपमा बन्द गर्नुपर्ने स्थानीयको माग छ। गोरखापत्रबाट

  • गुमाए ज्यान
आइतबार, बैशाख १०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम निर्माण व्यवसायी महासंघद्वारा ‘कानुनी तथा प्राविधिक परामर्श शाखा’ सञ्चालन
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
सुदूरपश्चिममा दुई महिनादेखि बजेट शून्यतामा  नयाँ बजेटको अन्योलता कायमै
वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन
धनगढीकाे  ५ मा  खोप केन्द्र  निर्धारण   ८ गतेदेखि जेई खोप सञ्चालन हुदै
लागुऔषधसहित पाँच जना पक्राउ

समाचार

सबै

सुदूरपश्चिम निर्माण व्यवसायी महासंघद्वारा ‘कानुनी तथा प्राविधिक परामर्श शाखा’ सञ्चालन

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’

सुदूरपश्चिममा दुई महिनादेखि बजेट शून्यतामा  नयाँ बजेटको अन्योलता कायमै

वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

सुदूरपश्चिम निर्माण व्यवसायी महासंघद्वारा ‘कानुनी तथा प्राविधिक परामर्श शाखा’ सञ्चालन

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’

सुदूरपश्चिममा दुई महिनादेखि बजेट शून्यतामा  नयाँ बजेटको अन्योलता कायमै

वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ घण्टा 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.