धनगढी- राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिम प्रदेशले दुई दिने अगुवा भेला तथा सम्मेलन गर्ने भएको छ । पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन तथा विशिष्ठ व्यक्तिहरुको सहभागितामा भोलीदेखि सम्मेलन गर्न लागेको आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।
पार्टीका प्रदेश अध्यक्ष धर्मराज जोशीले भेला सोमबार र मंगलवार दुई दिनको कार्यतालिका तय भएको बताए । भेलामा पार्टी अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायतको शिर्ष नेताको सहभागिता रहने उनले जानकारी दिए ।
भेलामा पार्टीका आधारभुत सिद्धान्त, नीति, समसामयिक राजनीतिक अवस्था, भावी रणनीति लगायतका बारेमा बहस, छलफल गर्न भेला आयोजना गरिन लागेको उनले बताए । उनका अनुसार भेलामा प्रदेशभरीका छ सय बढी व्यक्तिहरुको सहभागिता रहने छ ।













