धनगढी- धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले आफ्नो निजी विद्यालयमा लगानी नरहेको बताएका छन्। आइतवार उनले सामाजिक संजालमार्फत यस्तो बताएका हुन्।
उनले लेखेका छन्, ‘धनगढी उप(महानगरपालिका वडा नं. ५ स्थित वाल्मीकि इन्टरनेशनल विद्यालयमा रहेको मेरो शेयर (लगानी) ६ महिना अगाडि नै मैले डा.मिराज आलम अन्सारीज्यू लाई बिक्री गरेको र हाल मेरो कुनै पनि संस्थागत (निजि) विद्यालयमा शेयर (लगानी) नभएको विषय सबैलाई जानकारी गर्दछु।’
यसअघि उनलाई निजी विद्यालयलाई पोस्न अनेक हतकण्डा गरेको आरोप समेत लागेको थियो। तर आलोचनाकै बिच उनले सेयर बेचेको प्रष्ट पारेका हुन्।














