धनगढी – कैलालीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका – ५ बाट लागुऔषध सहित धनगढी उपमहानगरपालिका–११ का २६ बर्षीय अर्जुन चौधरी पक्राउ परेका हुन ।
उनको साथबाट १ ग्राम ८६० मिलिग्राम लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चालक चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको थियो ।













