काठमाडौँ – कर्णाली प्रदेशसभाको चालू दोस्रो कार्याकालको पहिलो अधिवेशन अन्त्य भएको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त निर्णय मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश प्रमुख समक्ष पत्र बुझाए ।
अधिवेशन अन्त्यको पत्र प्राप्त भएसँगै प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आइतबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरेका हुन् ।














