धनगढी– धनगढी र भजनीका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन सहित ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गौरीगंगा नगरपालिका- १ बस्ने २५ वर्षीय जिवन चौधरी, गोदावरी नगरपालिका-२ बस्ने १९ वर्षीय धर्म चन्दर तथा सोही ठाउँ बस्ने १७ वर्षीय किशोर र भजनी नगरपालिका- ३ बस्ने २८ वर्षीय सुकमेन्द्र सिंह रहेका छन् ।
जिवनलाई धनगढी उपमहानगरपालिका- ४ बाट करिब ५ ग्राम, धर्म तथा किशोरलाई सोही उमहानगरपलिका-२ ट्राफिक चोकबाट करिब २ सय ३० मिलिग्राम खैरो हेरोइन सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
सुकमेन्द्रलाई भजनी नगरपालिका- ३ हुलाकी राजमार्गबाट करिब २ ग्राम ८ सय मिलिग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।














