• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

  • १०. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

आवश्यकता पहिचान गरि शिक्षामा लगानी गर्न सरोकारवालाको जोड

  •   सोमबार, जेठ ०१, २०८० मा प्रकाशित

धनगढी- शिक्षा क्षेत्रको सुधारका लागि आवश्यकता पहिचान गरेर मात्र योजना निर्माण गर्न आवश्यक रहेको सरोकारवालाहरुको सुझाव रहेको छ । शिक्षाका लागि राष्ट्रिय अभियानको आयोजनामा धनगढीमा आयोजित ‘शिक्षामा बजेट वृद्धि र उपयोग कसरी ?’ विषयक छलफल कार्यक्रममा सहभागि सरोकारवालाहरुले शिक्षामा बजेट बृद्धिमात्र गरेर नहुने त्यसको उपयोग सहि क्षेत्रमा हुनुपर्ने सुझाव दिएका हुन् ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेसका नेता प्रकाश बमले शिक्षामा लगानी गरेरमात्र सुधार नहुने बताउँदै ‘लगानीको सदुपयोग हुने गरि काम गर्न आवश्यक रहेको छ ।’ उनले प्रदेशको आयस्रोतका आधारमा शिक्षामा लगानी भइरहेको बताए । उनले भने –‘क्षमता अनुसारको शिक्षा क्षेत्रमा लगानी हुनुपर्छ । शिक्षामा लगानी बृद्धि गर्दा अन्य क्षेत्रमा भइरहेको लगानी कटौति गर्नुपर्ने अवस्था हुन्छ । यसकारण शिक्षामा मात्र आर्थिक वृद्धि गर्न गाह्रो छ ।’

सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपा एमालेका नेता धर्मराज पाठकले शिक्षामा लगानी बृद्धि गर्नुभन्दा योजनाको प्राथमिकरण गर्न जरुरी रहेको बताए । उनले भने –‘शिक्षामा प्राथमिकताका आधार नबन्दा आसेपासे, पहुँचवाला, आफना–आफन्त हरेर योजना विनियोजन भइरहेको छ । यसकारण शिक्षामा लगानीमात्रले गुणस्तर कायम हुँदैन् ।’

प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता रमेशबहादुर धामीले पहुँचका आधारमा आवश्यकता नभएको ठाउँमा बजेट माग्ने व्यक्तिलाई समाजले पहिचान गर्न जरुरी रहेको बताए । उनले भने –‘शिक्षामा भइरहेको अनावश्यक तथा अनाधकृत योजनाहरु नियन्त्रण गरिनुपर्छ । यसका लागि विद्यालय व्यवस्थापन समिति, प्राध्यापक, शिक्षक, अभिभावक सबै जिम्मेवार हुनुपर्छ ।’ उनले संविधानले निशूल्क शिक्षा भने पनि व्यवहारमा लागु हुन नसक्नु समस्या रहेको बताए ।

अभियानका अध्यक्ष हेमराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंह, अभियानका सदस्य टेकराज अवस्थी, शिक्षा क्षेत्रका सरोकारवाला डिल्लराज ओझा, धनपती ढुङ्गेल, केशव भट्ट, धर्मराज जोशी लगायतले सामुदायिक विद्यालयप्रति अभिभावकको घट्दै गएको आकर्षणमा सुधार ल्याउन प्रदेश सरकारले विशेष नीति ल्याउनुपर्ने, संघिय सरकारले शिक्षा ऐन यथाशिघ्र ल्याउनुपर्ने लगायतका सुझाव दिएका थिए ।

फाया नेपालका शेरबहादुर बस्नेतले सञ्चालन गरेको कार्यक्रममा शिक्षाविद डाक्टर राजेन्द्र चन्दले शिक्षामा सरकारको लगानी, उपलब्धी, आगामी रणनीति लगायतका बारेमा प्रस्तुतिकरण गरेका थिए ।

 

  • शिक्षामा लगानी
सोमबार, जेठ ०१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.