धनगढी- धनगढीको हसनपुरमा रहेको एक्सिस विद्याश्रममा चोरी भएको छ। विद्यालयमा शनिवार बिहान राति २ बजेको समयमा चोरी भएको हो।
विद्यालयमा रातिको समयमा दुई जनाको युवाले विद्यालयबाट तीन वटा सिसिटिभी क्यामेर, एउटा राउटर र टेलिफोनको तार चोरी गरेको प्राचार्य अनिता पन्तले बताइन् ।
विद्यालयबाट सामान चोर्दाको भिडियो सिसिटिभी क्यामेरामा देखिएको र आवश्यक अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएको प्राचार्य पन्तले बताइन् ।















