धनगढी-पूर्वराजा ज्ञानेन्द्र शाहले कैलालीको गोदावरी नगरपालिका अत्तरिया चोकमा रहेको स्व। राजा महेन्द्रको तस्बिरमा माल्यार्पण गरेका छन् । धनगढीबाट सुर्खेत जाने क्रममा उनले मगंलबार केही समय अत्तरिया चोकमा बिताएका हुन्।
चोकमा लाइनबद्ध बसेका उनका समर्थकहरुलाई समेत उनले भेटेका छन् । सो अवसरमा अत्तरिया चोकमा जम्मा भएका स्थानीय र राजतन्त्र समर्थकहरुले उनको पक्षमा चर्को नाराबाजी समेत गरे ।
पूर्वराजा शाहले केहिबेर लाईनमा बसेका केही ब्यक्ति र सुरक्षाकर्मीसंग भलाकुसारी समेत गरेका थिए । २०६२/६३ को जन आन्दोलनमा भत्काइएको राजा महेन्द्रको सालिक स्थानीयकै पहलमा केही महिना अघि अत्तरिया चोकमा पुनःस्थापन गरिएको थियो ।
शाहलाई हिजो धनगढीमा नागरिक अभिनन्दन गरिएको थियो । सडक मार्ग हुँदै धनगढी आएका शाह सडक मार्ग हुदै सुर्खेत तिर लागेका छन् ।













