अछाम । अछामको साँफेबगर नगरपालिकामा रहेका दुई लघुवित्तको कार्यालयमा विप्लव नेतृत्वको नेकपाले तालाबन्दी गरेको छ।
पार्टीले छिमेक लघुवित्त वित्तीय संस्था र एनएमबी लघुवित्त वित्तीय संस्थाको कार्यालयमा आज तालाबन्दी गरिएको हो।
लघुवित्तले चर्को ब्याजदर लिएको, ऋणीलाई मानसिक यातना दिई गाउँ तथा देश छोड्न बाध्य पारेकोलगायतका आरोप लगाउँदै कार्यालयमा तालाबन्दी गरिएको नेपाल कम्प्युनिष्ट पार्टी विप्लव अछामका सचिव निरश शाहीले जानकारी दिए।
उनले लघुवित्तको कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको बताए । लघुवित्तको ज्यादती विरुद्ध पार्टीको अभियान निरन्तर रहेको समेत उनले बताए।













