• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ७. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

स्थानीय सरकारलाई बजेट निर्माणको चटारो

  •   सोमबार, जेठ १५, २०८० मा प्रकाशित

धनगढी- कैलालीका स्थानीय तह बजेट निर्माणमा जुटेका छन् । आगामी आर्थिक वर्ष २०८०र८१ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट असारमा सार्वजनिक गर्नेगरी स्थानीय तहहरू बजेट बनाउने काममा जुटेका हुन ।

जिल्लामा १३ वटा पालिका छन् । जसमध्ये कतिपय पालिकाले वडामा बजेटको सिलिङ लगिसकेका छन् भने कतिपयको सिलिङ बन्दैछ । गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टले वडाहरूमा बजेटको सिलिङ पुगिसकेको बताए । उनले भने, ‘टोल भेला भइसकेका छन् । वडा परिषद् पनि सकिएको छ । बजेटको सिलिङअनुसार योजना छनोटको काम भइरहेको छ ।’

अधिकांश भू–भाग तराई र केही भू–भाग पहाडी क्षेत्र रहेको कैलालीका पालिकाहरूमा कतिपय निकै भिन्न र धेरैजसो एकैखाले समस्या छन् । समस्याअनुसार जनताबाट योजना माग हुने गरेको छ । खासगरी बाटोघाटो, तटबन्ध, ढल, पुल पुलेसा निर्माणका योजना जनताबाट माग हुनेगरेको छ ।

जनताको मागअनुसार नै योजना छनोट गर्ने र बजेट बनाउने गरिएको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डङ्गौरा थारुले बताउनुभयो । उहाँले सङ्घको बजेटको प्रतीक्षामा रहेको उल्लेख गर्नुहुँदै सिलिङ बनाउने काम भइरहेको बताए ।

‘हामी बजेट निर्माणको सुरसार गर्दैछौ’ प्रमुख थारुले भने, ‘यद्यपि, सङ्घको बजेटको प्रतीक्षामा छौँ । त्यहाँबाट कस्तो बजेट आउँछ । त्यसपछि सोहीअनुसार अगाडि बढ्ने कार्य हुन्छ ।’

टीकापुरमा पर्यटन, पर्यावरणका सम्भावनालाई जोडेर आगामी आर्थिक वर्षमा अगाडि बढ्ने र त्यस्ता योजनालाई प्राथमिकतामा राख्ने जनाइएको छ । सहर, बजार र ग्रामीण क्षेत्रलाई जोड्ने योजना, कृषि उत्पादनलगायतलाई नगरपालिकाले प्राथमिकतासाथ अगाडि बढाउने डङ्गौराको भनाइ छ ।

बजेट निर्माणका लागि विभिन्न पालिकामा तल्लोस्तरमा भेला, छलफल भइरहेका छन् । छलफलबाट आएका योजनालाई प्राथमिकतासाथ समेट्ने जनाइएको छ । भजनी नगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडा ३ का वडा अध्यक्ष विक्रम चौधरीले अहिले वडास्तरमा टोल भेलाहरू भइरहेको जानकारी दिए ।

‘योजना छनोटको काम भएको छैन’ उनले भने, ‘सिलिङ नआएकाले योजना छनोटको काम अहिले नभएको हो । बजेटको सिलिङ आएपछि यो कार्यलाई अगाडि बढाउँछौँ ।’ जिल्लाको पहाडी क्षेत्रमा पर्ने चुरे गाउँपालिकाले पनि आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेट बनाउने सुरसार थालेको छ । अहिले वडाहरूले योजना तर्जुमाको काम गरिरहेको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताए ।

सङ्घको बजेट वक्तव्य पर्खेको उल्लेख गर्नुहुँदै सङ्घीय बजेट सार्वजनिक भएपछि पालिकाले बजेट निर्माणको काम अगाडि बढाउने चर्चा गर्नुभयो । कतिपय पालिकामा भने वडास्तरमा योजना सङ्कलनको काम सम्पन्न भइसकेको छ । सिलिङ नपुग्दै सबै वडाबाट योजना सङ्कलन भइसकेको कैलारी गाउँपालिकाका प्रवक्ता एवम् वडा अध्यक्ष दीपेन्द्र बमले बताए ।

‘सिलिङ अहिलेसम्म आइपुगेको छैन । तर योजना सङ्कलन भइसकेका छन्” उहाँले भन्नुभयो, “बजेट निर्माणको सवालमा राजस्वलगायत अन्य समितिको बैठक बसाउने काम भइरहेको छ ।’ सङ्घ र प्रदेशले वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसकेपछि असार १० गते स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम घोषणा गर्ने व्यवस्था छ । गोरखापत्रबाट

  • बजेट निर्माण
सोमबार, जेठ १५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.