• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०८, २०८३
☰
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

प्रदेशका अधिकांश जिल्ला कारागारको अवस्था नाजुक

  •   बिहिबार, असार २१, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका कारागारको अवस्था जीर्ण र दयनीय देखिएको छ। कारागार सुधार तथा निर्माण नभएसँगै क्षमताभन्दा दोब्बर सङ्ख्यामा कैदीबन्दी राखिएका छन्।

कारागार भवन निर्माण तथा पूर्वाधारको अभावले जिल्ला कारागारको अवस्था जीर्ण र दयनीय भएको हो। कैदीबन्दी पनि निकै कष्टकरपूर्ण जीवन जिउन बाध्य रहेको बताइएको छ।

डडेलधुरा जिल्ला कारागारबाहेक बाँकी सबै कारागारको अवस्था निकै नाजुक र दयनीय रहेको मानव अधिकारकर्मीले बताएका हुन्। मानव अधिकारको क्षेत्रमा क्रियाशील इन्सेकका अनुसार क्षमताभन्दा बढी कैदी हुँदा कारागार व्यवस्थापन भद्रगोल छ।

कैदीबन्दी सामान्य आधारभूत अधिकारबाट पनि वञ्चित भएको पाइएको छ। कैदीबन्दी मानव भएर होइन कारागारभित्र पशुसरह निरीह जीवन जिउन बाध्य छन्। उनीहरूलाई सुत्न, खान, बस्न र शौच गर्न पनि समस्या देखिएको छ।

इन्सेकको तथ्याङ्क अनुसार १५० जनाको क्षमता रहेको कैलाली कारागारमा ३३ महिला र ५८३ पुरुष रहेका छन्। यहाँ क्षमताभन्दा चार गुणाभन्दा बढी ६१६ जना कैदीबन्दी राखिएका छन्।

त्यस्तै तीन जना आश्रित बालबालिका पनि रहेको जनाइएको छ। यस्तै कञ्चनपुर कारागारको क्षमता ९५ जना कैदीबन्दी राख्न सक्ने रहेको छ तर सो कारागारमा करिब पाँच गुणाभन्दा बढी कैदीबन्दी छन्।

महिला १९ र पुरुष ४१७ गरी ४३६ जनालाई कोचाकोच गरी राखिएको छ। डोटी कारागारको क्षमता २५ जना कैदी राख्न सक्ने रहेकोमा त्यहाँ ६८ जना कैदी रहेको जनाइएको छ। अछाम कारागारको क्षमता २५ जना रहेको छ। सो कारागारमा छ महिला र ८० पुरुष गरी ८६ जनालाई राखिएको छ।

त्यस्तै बैतडी कारागारको क्षमता २५ जना कैदीबन्दी राख्न सक्ने रहेकोमा ७१ जना राखिएको छ। दार्चुला कारागारको क्षमता ४० जनाको भए पनि तीन महिला र ६४ पुरुष गरेर ६७ जना रहेका छन्।

बझाङ कारागारको क्षमता २५ जनाको भए पनि ७५ जना, बाजुरा कारागारको क्षमता २५ जना भए पनि ६४ जना कैदी राखिएका छन्। डडेलधुरा कारागारको अवस्था मात्रै राम्रो रहेको छ। प्रदेशको दोस्रो ठुलो सो कारागारमा १४० कैदी बन्दी राख्न सक्ने क्षमता रहेको छ।

त्यहाँ ११ महिला र १०६ जना पुरुष गरेर क्षमताभन्दा कम ११७ जना कैदीबन्दी राखिएका छन्। प्रदेशमा सबैभन्दा गएगुज्रेको अवस्थामा कञ्चनपुर जिल्ला कारागार रहेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायले बताए । उनले प्रत्येक जिल्ला कारागारका लागि एक एक करोडका दरले करिब नौ करोड रुपियाँ बजेट विनियोजन गरेर सुधारको पहल थाल्न प्रदेश सरकारलाई आग्रह गरे ।

“सुधार गरेर कारागारलाई उत्पादन गृह जस्तै बनाऔँ भनेर कानुनी सल्लाहकारको हैसियतले मैले सरकारसमक्ष प्रस्ताव गरेको थिएँ,” मुख्य न्यायाधिवक्ता उपाध्यायले भने, “तर सफल भएन।” कारागारको अवस्था दयनीय हुनुका साथै कारागारहरू अनुत्पादन र पीडादायी क्षेत्र बनेका छन्।

मुलुकमा कारागार सुधारको नीति भए पनि त्यसको कार्यान्वयन अवस्था कमजोर देखिएको छ। कारागारको सुधार हुन नसक्दा कैदीबन्दी सामान्य आधारभूत अधिकार उपभोग गर्नबाट वञ्चित रहेको मानव अधिकारकर्मी एवं इन्सेकका प्रदेश प्रमुख खड्कराज जोशीले बताए ।

कारागारमा क्षमताभन्दा चाररपाँच गुणासम्म कैदीबन्दी राखिँदा स्वास्थ्य, शिक्षा, खानपान र सुरक्षा व्यवस्थापनमा समेत असर परिरहेको छ। प्रहरी निरीक्षक सन्तोष बस्यालले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा बेलाबखत प्रहरी, प्रशासनमाथि पनि प्रश्न उठ्ने गरेको बताए । क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा सुरक्षाकर्मीलाई समेत समस्या हुने गरेको भनाइ उनको छ। गोरखापत्रबाट

 

  • अवस्था नाजुक
बिहिबार, असार २१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आवश्यकताअनुसार बिदा दिन विद्यालयलाई धनगढी उपमहानगरको आग्रह
नेपाली कांग्रेसको धनगढी नगर अधिवेशनमा मतदान सुरु
भरत दाहाललाई तत्काल रिहा गर्न सर्वोच्चको परमादेश
सरुवा भएको ठाउँमा गएनन् सचिव हमाल, बजेटमा चलखेल गर्न रमाना नबुझेको आरोप
‘मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सहअस्तित्व आवश्यक’
धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

समाचार

सबै

आवश्यकताअनुसार बिदा दिन विद्यालयलाई धनगढी उपमहानगरको आग्रह

नेपाली कांग्रेसको धनगढी नगर अधिवेशनमा मतदान सुरु

भरत दाहाललाई तत्काल रिहा गर्न सर्वोच्चको परमादेश

सरुवा भएको ठाउँमा गएनन् सचिव हमाल, बजेटमा चलखेल गर्न रमाना नबुझेको आरोप

आवश्यकताअनुसार बिदा दिन विद्यालयलाई धनगढी उपमहानगरको आग्रह

नेपाली कांग्रेसको धनगढी नगर अधिवेशनमा मतदान सुरु

भरत दाहाललाई तत्काल रिहा गर्न सर्वोच्चको परमादेश

सरुवा भएको ठाउँमा गएनन् सचिव हमाल, बजेटमा चलखेल गर्न रमाना नबुझेको आरोप

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.