• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ७. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

शुक्लाफाँटा आरक्षपीडितको समस्या समाधान गर्न अधिकारसम्पन्न आयोग : वनमन्त्री महतो

  •   शुक्रबार, असार २२, २०८० मा प्रकाशित

काठमाडौं- वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षपीडितको समस्या समाधान गर्न अधिकारसम्पन्न आयोग गठन गर्न लागिएको बताएका छन् । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबार बसेको बैठकमा सांसदहरूको जिज्ञासामा मन्त्री महतोले २२ वर्षदेखि अलपत्र पीडितहरूको समस्या समाधानलाई सरकारले मुख्य प्राथमिकतामा राखिएको जानकारी गराउँदै अधिकारसम्पन्न आयोग गठनको गृहकार्य भइरहेको बताए । ‘शुक्लाफाँटा आरक्षबाट विस्थापितको समस्या समाधान गर्न अधिकारसम्पन्न आयोग गठन गरेर त्यसमा जान लागेका छौँ,’ उनले भने ।

महतोले राहत पाइसकेका व्यक्ति पनि पीडितसँगै अतिक्रमण गरेर बस्दा समस्या भएको बताए । ‘अरू ठाउँमा अतिक्रमण गरेको ठाउँमा दिने कि छुटाउने भन्नेमा कस्तो दोधार छ भने कतिले राहत पनि पाइसकेका छन्, कतिले पाउन पनि बाँकी छ । पाउनेले त्यहाँबाट हट्न मानिरहेका छैनन् । नपाउनेको त्यहीँ बसे पनि समस्या छ,’ उनले भने, ‘यो समस्या सल्टाउन अधिकारसम्पन्न आयोग गठन गर्दै छौँ ।’

अहिलेसम्म समस्या समाधानका लागि भनेर ३२ वटा आयोग बनेको स्मरण गर्दै मन्त्री महतोले राजनीतीकरण मात्रै भएको जिकिर गरे । ‘आयोगहरू थुप्रै बन्यो । राजनीतीकरण मात्र हुने रहेछ । राजनीतीकरण छोडिदियो भने तीन दिनभित्र यो समाधान हुन्छ ।

तर के छ भने यस्तो पेचिलो तरिकाले आयोग बनाउने, रिपोर्ट दिने र फेरि आयोग बनाउने, रिपोर्ट दिने गरी राजनीतीकरण भएको छ,’ उनले भने । यसपटक विगतजस्तो होइन, अधिकारसम्पन्न आयोग गठन गरेर समाधानमा लाग्ने मन्त्री महतोको प्रतिबद्धता थियो ।

समिति बैठकमा रास्वपाका सांसद अशोककुमार चौधरीले ३२ वटा आयोग बने पनि आरक्षपीडितको समस्या २२ वर्षदेखि लम्बिरहेको, पीडितहरूले समाधान नभएको गुनासो गरेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

चौधरीले आरक्ष समस्याको स्थलगत अध्ययन गर्न प्रस्ताव नै गरे । ‘मेरो प्रस्ताव त के छ भने शुक्लाफाँटा वन्यजन्तु आरक्षपीडितको समस्याबारे संसदीय समिति बनाएर अनुगमनमा जाउँ । यसमा समिति सभापति, वनमन्त्री र सचिवको ध्यानाकर्षण गराउँदछु,’ उनले भने ।

तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्ष ९हाल निकुञ्ज० विस्तारका क्रममा ०५८ मा विस्थापितको अझै पुनर्स्थापना हुन सकेको छैन । सरकारले ३२ वटा आयोग बनाए पनि कार्यकर्ता भर्तीकेन्द्रबाहेक कुनै उपलब्धि हुन सकेको छैन ।

पीडितहरू सडकछेउको खाली ठाउँमा शिविर बनाएर बसिरहेका छन् । समस्या समाधानका लागि दबाब दिन पीडितहरू दुई महिनादेखि काठमाडौंमा कहिले प्रधानमन्त्री त कहिले मन्त्री र सांसदहरू भेटिरहेका छन् । आफ्नो गुमेको घरजग्गा पाउने आसमा पीडितहरू राजधानीमा भौँतारिरहेका छन् ।

  • आरक्षपीडित
शुक्रबार, असार २२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.