धनगढी– डोटीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको पुर्वीचौकी गाउँपालिका वटा नम्बर ६ स्थित गण्डिगाड खोला किनारमा सोही गाउँपालिकाको वडा नम्बर ३ ठाडा गाउँ बस्ने ६० वर्षीया मनसरी बोहरा मृत फेला परेकी हुन् ।
प्रहरीका अनुसार उनी शनिबारदेखि घरबाट बेपत्ता भएकी थिइन् । उनको खोजी गर्ने क्रममा खोला किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।













