• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज ०५, २०८३
☰
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ घण्टा 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

मुक्त कमैया घोषणाको २३ वर्ष: पुनः स्थापना काम अझै अधुरा

  •   मङ्गलबार, साउन ०२, २०८० मा प्रकाशित

धनगढी- सरकारले मुक्त कमैया घोषणा गरेको २३ वर्ष पूरा भएको छ । तत्कालीन सरकारले २०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो । जमिनदारको घरमा बँधुवा कामदारको रूपमा राखेर काम गराइने कमैया प्रथाको अन्त्य भएको लामो समय हुँदा पनि मुक्त कमैयाहरूको पुनः स्थापनको काम भने पूरा हुन सकेको छैन ।

पुनः स्थापना कार्यले पूर्णता नपाउँदा मुक्त कमैयाहरूले अझै सास्ती भोग्नुपरेको छ । अझै पनि केही मुक्त कमैया परिवार खोला किनार, जंगल छेउलगायतका सार्वजनिक जग्गामा बसोबास गर्न बाध्य छन् । कतिपय मुक्त कमैयाले अझै परिचयपत्र समेत पाउन सकेका छैनन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ पुरानो एयरपोर्टमा रहेको मुक्त कमैया शिविरमा बस्ने महिन्दा चौधरीले परिचय पत्र समेत नपाएको बताइन् । उनले भनिन्, ‘अझै परिचयपत्र समेत पाएका छैनौ सानो ऐलानी जग्गामा घर बनाएर बसेका छौँ, सरकारले जग्गा हाम्रो नाममा गरिदिएको भए घर पनि बनाउन मिल्थ्यो बसेकै ठाउँबाट कुन दिन उठ्नुपर्छ भन्ने चिन्ता लाग्छ ।’

‘जग्गा छैन खाने गुजार चलाउन ज्यालादारी गरेर खान्छौँ,रोजगारी छैन’, उनले भनिन्, ‘छोराछोरीलाई पढाउन पनि समस्या छ ।’ ०५९ सालदेखि यहाँ बस्दै आएका हौँ’, उनले भनिन्, ‘अझै न परिचय पत्र पायौँ नत जग्गा नै पायौँ, बसेकै ठाउँमा सरकारले जग्गा दर्ता गरिदिए हुन्थ्यो ।’

त्यस्तै सोही ठाउँका विधान चौधरीले पनि मुक्त कमैयाको परिचय पत्र नपाएको दुखेसो पोखे । उनले भने, ‘परिचयपत्र समेत पाएका छैनौँ, घर बनाएको यो जग्गा पनि नगरपालिकाको हो कुन दिन हटाउँछन् थाहा छैन, हटाए कहाँ जाने भन्ने चिन्ता छ, सरकारले जग्गा दिएर राखेको भए हुन्थ्यो ।’

बजारमा काम गरेर खाने गुजारा त चलाउन सकिन्थ्यो तर बस्ने ठाउँ नपाउँदा समस्या भएको उनले बताए । पुनः स्थापना कैलालीमा मात्रै ९ सय ५३ मुक्त कमैया परिवारको पुनः स्थापना हुन बाँकी रहेको मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले जानकारी दिए । उनका अनुसार कैलालीमा १ सय ७३ कमैया परिवारको परिचय पत्र बदर गरिएकाले उनीहरूले पुनः स्थापना प्याकेज नै पाएका छैनन् भने ३ सय ८० परिवारले परिचय पत्र पाएर पनि जग्गा प्राप्त गर्न सकेका छैनन् ।

त्यस्तै कैलालीमा ४ सय र कञ्चनपुरमा १२९ परिवार गरी ४ सय २९ परिवारले अनुचित जग्गा पाएकोले उनीहरूलाई सट्टा भर्ना गर्न बाँकी रहेको मुक्त कमैया समाजसँग तथ्याङ्क छ । २०७५ सालमा सरकारले पुनः स्थापनाको जिम्मा स्थानीय तहलाई दिएपछि पुनः स्थापना कार्य रोकिएको अध्यक्ष चौधरीले बताए ।

उनले भने, ‘पैसा स्थानीय तहमा आयो कार्यान्वयन हुन सकेन बजेट फ्रिज भयो त्यसपछि मन्त्रालयबाट बजेट छुट्याउने काम भएको छैन, जसले गर्दा त्यो काम रोकिएको छ ।’ ‘सरकारले मुक्त कमैयालाई भूमिको समस्या भूमि आयोगमार्फत हल गर्ने र बाँकी काम स्थानीय तहलाई दिने भन्ने भएको छ’, उनले भने, ‘तर भूमि आयोगले मुक्त कमैयालाई जग्गा कहिले उपलब्ध गराउने एकिन भएको छैन ।’

सरकारले बाँकी मुक्त कमैयालाई तत्काल जग्गाको व्यवस्था गर्नुपर्ने, दिएको जग्गा विभिन्न बैंक तथा बित्तीय संस्थाबाट ऋण दिने गरी फुकुवा गर्नुपर्ने, मुक्त कमैयालाई रोजगार शिक्षा,स्वास्थ्यको व्यवस्था गर्नुपर्ने अध्यक्ष चौधरीको भनाइ छ ।

‘मुक्त कमैयाको पहिचान गर्नुपर्छ’, अध्यक्ष चौधरीले भने, ‘धेरै मुक्त कमैया छुटेका छन्, उहाँहरू पनि शिविरमै बसिराख्नुभएको छ, उहाँहरूको पनि लगत लिएर पहिचान गरी त्यहीँ बसेकै जग्गा दर्ता गरी दिनुपर्छ भन्ने हाम्रो सरकारसँग माग हो ।’ नेपाल सरकारले ०५७ साउन २ गते कमैया मुक्तिको घोषणा पश्चात् सुदूरपश्चिम प्रदेशमा १२ हजार ९ सय २४ मुक्त कमैया परिवारको पुनः स्थापना भएको जनाइएको छ ।

  • मुक्त कमैया
मङ्गलबार, साउन ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम निर्माण व्यवसायी महासंघद्वारा ‘कानुनी तथा प्राविधिक परामर्श शाखा’ सञ्चालन
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
सुदूरपश्चिममा दुई महिनादेखि बजेट शून्यतामा  नयाँ बजेटको अन्योलता कायमै
वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन
धनगढीकाे  ५ मा  खोप केन्द्र  निर्धारण   ८ गतेदेखि जेई खोप सञ्चालन हुदै
लागुऔषधसहित पाँच जना पक्राउ

समाचार

सबै

सुदूरपश्चिम निर्माण व्यवसायी महासंघद्वारा ‘कानुनी तथा प्राविधिक परामर्श शाखा’ सञ्चालन

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’

सुदूरपश्चिममा दुई महिनादेखि बजेट शून्यतामा  नयाँ बजेटको अन्योलता कायमै

वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

सुदूरपश्चिम निर्माण व्यवसायी महासंघद्वारा ‘कानुनी तथा प्राविधिक परामर्श शाखा’ सञ्चालन

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’

सुदूरपश्चिममा दुई महिनादेखि बजेट शून्यतामा  नयाँ बजेटको अन्योलता कायमै

वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ घण्टा 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.