दार्चुला– दार्चुलामा एक महिला मृत फेला परेकी छन् । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ३ मानाकोट बस्ने २० वर्षीया रोशनी महरा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
सोमबार टाउको दुख्यो भनेर सुतेकी महरालाई परिवारले मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । उनी विवाहित हुन् ।महरा केही समयदेखि माइती घरमा बस्दै आएकी थिइन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













