धनगढी- कैलालीको गौरीगंगा नगरपालिकाबाट बेपत्ता भएका दुई बालक भारतमा फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ कुचैनीबाट श्रावण ३१ गतेदेखि बेपत्ता भएका दुई बालक भारतको पलियामा फेला परेका हुन्।
बेपत्ता रहेका गौरीगंगा नगरपालिकाको वडा नम्बर ५ अण्डैयाका कौशल चन्द र कुचैनीका लक्ष्मण साउँद आमा बुवालाई भेट्न भनि हिनेको आफन्तले बताएका थिए। उनीहरूको आमा बुवा भारतमा रहेका छन्।
कुचैनीकै शिव नमुना माविमा कक्षा ५ मा अध्ययन गर्दै आएका थिए। उनीहरू दुवै जना १२ वर्षीय हुन्। सोमबार उनीहरू दुबैलाई पलियाबाट सकुशल उद्धार गरिएको आफन्तले जानकारी दिएका छन् ।













