• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

माछापालनमा जम्दै पूर्व वडाध्यक्ष चौधरी

  •   सोमबार, भदौ ०४, २०८० मा प्रकाशित

धनगढी- कमलप्रसाद चौधरी कैलाली गाउँपालिका वडा नम्बर ७ का पूर्व वडाध्यक्ष हुन् । वडाध्यक्ष हुँदै गर्दा माछापालन सुरु गरेका चौधरी अहिले पूर्णरुपमा माछापालनमा लागेका छन् ।

चौधरीले माछापालनलाई राम्रो आयस्रोत बनाएका छन् । आफ्नै निजी जमिनबाट माछापालन सुरु गरेका कमलले अहिले सात विघा जमिन ठेक्कामा लिएर माछापालन सुरु गरेका छन् ।

यस अघिसम्म आफ्नै जमिनमा साना दुई पोखरीमा पालेका माछा बेचेर मात्रै कमलप्रसादले खर्च कटाएर वार्षिक एक÷डेढ लाख रुपैयाँ बचाउँथे । अहिले भने माछा पालनलाई विस्तार गर्दै सात विघासम्म फैलाएका छन् । अबको उनको आम्दानीको लक्ष्य पनि सात गुणा बढी बनाउने छ ।

उमेरले ४५ वर्षीय कमलप्रसादले घरेलु तथा साना उद्योग कार्यालयमा अर्पणा एकीकृत कृषि फर्म खोलेर विगत चार वर्षदेखि माछापालन व्यवसाय गर्दै आएको बताए ।

‘घर छेउमा रहेको १० कठ्ठा जमीनमा दुई वटा पोखरी खनेर, गेटा मत्स्यपालनबाट सात हजार भूरा ल्याएर माछापालन सुरु गरेँ’ उनले भने, ‘पहिलो वर्ष पोखरी खन्दा माछाका भूरा ल्याउँदा करिब तीनदेखि चार लाख लगानी लागेको थियो ।’

कमलप्रसादले जलकपुर जातका माछापालन गर्दै आएका छन् । ‘वार्षिक २५ क्विन्टल माछा बिक्री गर्छु’, उनले भने, ‘थोकमा दुई सय र खुद्रामा तीन सयमा बेच्दा खर्च कटाएर एक लाख बचत हुन्छ’ ।

‘यस वर्ष पनि पाँच क्विन्टल माछा बिक्री भइसकेको छ’, उनले भने, ‘अझै पोखरीमा २० क्विन्टल जति माछा छन् दसैँसम्म बिक्री गर्छु ।’ लगानी पनि थोरै भए पनि हुने समय पनि धेरै नदिनु पर्ने, आम्दानी पनि राम्रै हुने भएकाले माछापालन व्यवसाय एकदमै राम्रो भएको उनी बताउँछन् ।

कमलप्रसाद राजनीतिककर्मी पनि हुन् । उनी कैलारी गाउँपालिका–७ का पूर्ववडाध्यक्षसमेत हुन् । उनी २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

वडाध्यक्ष हुँदा पाउने सेवा सुविधाको रकमबाट नै माछापालन सुरु गरेको उनले बताए । उनले भने, ‘लगानी गर्ने पैसा थिएन्, वडाध्यक्ष हुँदा पाउने सेवा सुविधा वापतको सानो सानो रकम जम्मा गरेर माछापालनमा लगानी गरेँ ।’

माछापालन सहज भए पनि केही चुनौतीसमेत रहेको उनको भनाइ छ । कमलप्रसाद भन्छन्, ‘चिसोमा माछा मर्ने रहेछ त्यो बेला अटिजन भए सहज हुन्छ, अटिजनको पानी तातो हुन्छ, पानी तातो हुँदा माछा मर्नबाट जोगिने रहेछ’ ।

माछा बिक्री गर्न बजारको खासै समस्या नभएको उनी बताउँछन् । उनले भने, ‘माछाको बजार धान्नै धौधौ छ, माछा किन्ने व्यापारी घरमै गाडी लिएर आउँछन् बिक्री गर्न कतै जानु पर्दैन ।’

माछापालनका लागि चैत÷वैशाखतिर भुरा पोखरीमा हाल्दा मंसिरसम्म बिक्री गर्दा राम्रो हुने उनको अनुभव छ । कमलप्रसाद भन्छन् ‘भुरालाई वचाउन सक्नुपर्छ, स्वस्छ पानीको व्यवस्थापन गर्नुपर्छ, दाना पनि ठिक्कले दिनुपर्छ, बढी खाँदा पनि मर्दा रहेछन्’ । ‘साँझ बिहान गरी दुई समय मात्रै दाना दिँदा पुग्छ उनले भने हप्तामा ६ दिन मात्रै दाना दिनुपर्छ एकदिन दिनु पर्दैन ।

रेखदेख राम्रो भए माछा ६ महिनामा डेढ दुई केजीको हुने र बिक्री गर्न सक्ने उनले बताए । कमलप्रसाद आफ्नो माछापालन व्यवसायबाट धेरै सन्तुष्ट छन् ।

उनी भन्छन्, ‘आत्मादेखि सन्तुष्टि छु, धेरै समय पनि दिनु परेको छैन्, नाफा पनि राम्रै छ, छोराछोरीको पठाइमा पनि सहज भएको छ, घरखर्च पनि राम्रै चलेको छ, आत्मनिर्भर भएको छु ।’

लगनशील भएर काम गर्दा एकचोटी अवश्य सफलता पाइने उनी बताउँछन् । उनले थपे, ‘जसले पनि लगनशील भएर काम गर्नुपर्छ, व्यवसायलाई निरन्तरता दिनुपर्छ, माछापालन गर्ने किसानले पनि एकपटक घाटा हुँदा छोड्नु हुन्न निरन्तर लागे सफल भइन्छ ।’

कमलप्रसादले यो वर्षबाट माछापालन व्यवसायलाई विस्तार गरेका छन् । सोही वडामा पर्ने भुइयाफाँटा सामुदायिक वन उपभोक्ता समूहको सात बिघा जमीनमा रहेको ताल ठेक्कामा लिएर माछापालन सुरु गरेको उनले बताए ।

उनले भने, ‘यस वर्षबाट माछापालन व्यवसायलाई विस्तार गरेको छु, सामुदायिक वनको ताल ठेक्कामा लिएर कमन, ग्रास, नैनी, सिल्भर, विगेट, रोहु गरी ६ जातका पाँच लाख बराबरका भुरा पोखरीमा हालेको छु ।’

उनले माछापालनसँगै राजनीतिक गतिविधिमा पनि सहभागी हुने गरेको बताए । कमलप्रसाद अहिले माओवादी केन्द्रको कैलारी–७ कोे वडा कमिटि अध्यक्ष रहेको बताउँछन् ।

उनी भन्छन्, ‘माछापालन व्यवसायले अहिले राजनीति गर्नसमेत सहज भएको छ, पार्टीको बैठक कार्यक्रममा जाँदा कोसँग पैसा मागेर जाने भन्ने छैन, त्यो खर्च पनि यसबाटै गर्ने गरेको छु, राजनीति गर्न पनि सहज भएको छ ।’

  • पूर्व वडाध्यक्ष चौधरी
सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.